२०८३, १ आश्विन शुक्रबार

बाख्राको खोरमा अनैतिक सम्बन्ध, पोल खुल्ने डरले प्रत्यक्षदर्शी बालिकाको हत्या

बाख्राको खोरमा अनैतिक सम्बन्ध, पोल खुल्ने डरले प्रत्यक्षदर्शी बालिकाको हत्या


काभ्रे २१ असार । काभ्रेको तेमाल गाउँपालिका–१, आधाबाटमा ९ वर्षिय बालिका एलिसा तामाङको बारा जिल्लाका जोखन मन्सुरले आफ्नो अनैतिक सम्बन्धको पोल खुल्ने डरले निर्ममतापूर्वक हत्या गरेक छन् । बुधबार राती आधाबाटकी मृतक एलिसा तामाङकी फुपू मिना तामाङ समेतको संलग्नतामा हत्या भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल–१, आधाबाटमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीय मिना तामाङबीच भएको अनैतिक सम्बन्ध एलिसाले देखेपछि पोल खुल्ने डरले हत्या गरेको बुझिएको छ । प्रहरीले मृतक एलिसालाई बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा फेला पारेको थियो ।

एलिसाले आफ्नी फुपू मिना र मन्सुरबीच बाख्राको खोरमा अनैतिक सम्बन्ध राखेको देख्ना साथ मन्सुरले तानेर बारीमा लगेको जनाइएको छ । बारीमा मन्सुरले एलिसाको घाँटी थिचि हत्या गर्ने वित्तिकै उनी फरार भएका थिए ।

स्थानीयले एलिसाको हत्या भएको थाहा पाउने वित्तिकै मन्सुरको खोजी गरेका थिए । खोजी गर्ने क्रममा गाडी चढेर बनेपातर्फ आउँदै गर्दा गाउँलेले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको तेमाल गापा वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठले बताए ।

हत्यामा संलाग्न रहेको आरोपमा मन्सुर र मिनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हत्या भएकी एलिसाको आज पोष्टमार्टम गरी दाहसँस्कार गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५, २१ असार बिहीबार  ९ : ०५ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी