२०८२, ३१ श्रावण शनिबार

तेमाल गाउँपालिका विवादमा रुमल्लियो, के हुनसक्छ समाधानको बाटो ?

तेमाल गाउँपालिका विवादमा रुमल्लियो, के हुनसक्छ समाधानको बाटो ?


काभ्रे, २१ असार । देशभरका आधाभन्दा बढी स्थानीय तहहरुले ऐनमा तोकिएअनुसार बजेट नल्याएजस्तै काभ्रेमा पनि अधिकांश स्थानीय तहले ऐनले निर्देशित गरे बामोजिको समयभित्र बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चाल ऐन ०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन ०७४ ले निर्देशित गरेअनुसार देशभरका ७ सय ५३ स्थानीय तहले गत असार १० गते नै बजेट पेश गरिसक्नु पर्ने थियो ।

तेह्रावटा स्थानीय तह भएको काभ्रेमा केही स्थानीय तहले बजेट पेश गरे पनि ऐनले व्यवस्था गरेको समयसीमालाई नाघेका छन् । यसरी ऐन मिचेर गरिएको गाउँ तथा नगर सभामा पनि अनेकन झमेला र विवाद देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहहरु जेनतेन बजेटसभाको सुरसार गर्दैछन् । विवादकै कारण काभ्रेको तेमाल गाउँपालिकाका प्रमुख सलामसिं तामाङले पेश गरेको नीति तथा कार्यक्रम र बजेट पास गर्न बसेको गाउँसभालाई बहुमत सदस्यले बहिस्कारै गरेका थिए ।
बहिस्कार गर्ने गाउँसभाका सदस्यहरुले गाउँ कार्यपालिकामा भएको सहमति ‘तेमाल पर्यटन सम्भाव्यता अध्ययन तथा स्मारक निर्माण’को बजेटलाई कटौती गरी अध्यक्षले मनोमानी रुपमा टुक्रे योजनामा विनियोजन गरेको आरोप छ । असहमति जनाउने सभाका सदस्यहरुले तेमालको महत्वपूर्ण योजनाको बजेट कटौती गरिएको भन्दै आफूहरुको असहमति भएको निवेदन गाउँसभास्थल र जिल्ला समन्वय समितिमा समेत दर्ता गराएका थिए ।

के हुनसक्छ अबको बाटो ?
बजेटसभामा विवाद र सहमति जुट्न नसकेको अवस्थामा सभाले आफ्नो राय–सुझाव सहित गाउँ कार्यपालिकामा पठाउने व्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाका अनुसार ‘सभामा छलफल हुँदा विवाद भएर पास हुन सकेन वा पास गर्नुपर्ने देखेन अथवा शंसोधन गर्नुपर्ने ठान्यो भने सभाले कारण र औचित्य सहित गाउँ कार्यपालिकामा पठाउँछ । पास नभएमा स्थानीय तहको संचित कोषबाट खर्च गर्न मिल्दैन । अरु नियमित काम भने हुन्छन् ।’ यदि त्यस्तै हुने हो भने तेमाल गाउँपालिकाले श्रावण महिनादेखि विकास निर्माणका कुनै पनि बजेट खर्च गर्नै मिल्दैन ।

विवादित बजेटका सम्बन्धमा तेमाल गाउँपालिकाको गाउँसभाले त्यसरी सुझाव सहित गाउँ कार्यपालिकामा पठाएको देखिंदैन । गाउँसभाको सुझाव अनुसार निर्णय लिएर समाधानको बाटो खोज्नुपर्नेमा त्यसो नभएपछि तेमाल गाउँपालिका विवादै विवादमा रुमल्लीएको छ । त्यसो त गाउँपालिका अध्यक्ष तामाङले नत गाउँ कार्यपालिकाको बैठक डाकी विधिवत रुपमा बजेट र नीति तथा कार्यक्रम पास गर्दै गाउँ सभामा प्रस्तुत गरे न भएको भद्र सहमतिलाई नै कार्यान्वयन गरे । त्यति मात्रै होइन अध्यक्षले आर्थिक वर्ष ०७४/७५ को बजेट कार्यान्वयनको समीक्षा समेत गरनन् । गाउँ कार्यपालिकाका एक सदस्यले दिएको जानकारीअनुसार खाली माइन्युटमा समेत हस्ताक्षर गराएका छन् । भद्र सहमतिलाई कार्यान्वयन नगरेकाले नै तेमाल गाउँपालिका विवादमा रङ्मङ्गिएको देखिएको छ । त्यसैले तेमाल गाउँपालिका अध्यक्ष र बहुमत कार्यपालिका सदस्यहरु दुई विपरित दिशामा दौडिरहेका छन् । विवादका विषयमा गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङसँग गाउँ कार्यपालिकामा पुनः छलफल गरी सहमति जुटाएर नयाँ बाटो खोज्नसक्ने विकल्प भने देखिन्छ ।

प्रकाशित मिति : २०७५, २१ असार बिहीबार  ८ : ०९ बजे

ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो समस्या हो : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा पनि

सिन्धुलीका नेवार समुदायले मनाए कृष्ण जन्माष्टमी, परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन

सिन्धुलीका नेवार समुदायले यस वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन परम्परागत शैलीमा

रवि लामिछानेलाई काठमाडौं लगिँदै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज दिउँसो

भीमफेदी कारागारमा कैदीको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान चितवनका ४३ वर्षीय

पत्रकारमाथि अधिवक्ताको निर्दयी आक्रमण: कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि