२०८२, २२ मंसिर सोमबार

बीचमै रोकिएको रोशीखोलाका बेलीब्रिज अझै बनेन्

बीचमै रोकिएको रोशीखोलाका बेलीब्रिज अझै बनेन्


रोशी । निर्माण कम्पनीहरुको लापरवाहीका कारण काभ्रेको रोशीखोलामा निर्माण थालिएका २ वटा बेलिब्रिज अलपत्र परेका छन् । निर्माण थालिएको पाँच वर्ष पूरा भइसक्दा पनि बनाउने जिम्मा लिएको लामा र नागार्जुन जेभीले निर्माण पूरा नहुँदै बीचमा छाडेकाले महाभारत तर्फको तत्कालिन भीमखोरी र तेमाल तर्फको मेच्छे गाउँ विकास समितिलाई जोड्ने बेलीब्रिज अलपत्र छ । पुलको दुबैतिर खम्बा ठडाउनेसम्मको काम सम्पन्न भएपछि उक्त पुलको निर्माण गर्ने कम्पनीले काम रोकेको थियो ।

रोशीखोलामा नै निर्माण थालिएको त्यस्तै प्रकृतिको अर्को बेलीब्रिज पनि वर्षौैंदेखि अलपत्रै छ । काभ्रेको रोशी गाउँपालिका वडा नं. ७ तत्कालिन कटुञ्जे गाउँ विकास समितिको थान्सिङबेशीमा हालको नमोवुद्ध नगरपालिका वडा नं. ६ खरिबोटलाई जोड्ने पुलको थोरै मात्रै काम सकिएको अवस्था छ । यो पुलको निर्माण गर्ने जिम्मा कन्काई कान्छाराम कन्ष्ट्रक्सन जेभीले ६ वर्षअघि लिएको थियो । यी दुबै पुल एकोहोरो सवारीसाधन पार गर्ने पक्की पुलहरु हुन् ।

जापान सरकारको सहयोगमा निर्माण थालिएका यस्तै अन्य १६ वटा पुलहरुको स्वीकृति भएको थियो । जापानीज प्रविधिअनुसार निर्माण सम्पन्न गरिने देशभर टेण्डर भएका १८ वटा यस्ता बेलिब्रिजमध्ये जम्मा एउटा मात्रै निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त पुलले सिन्धुली र उदयपुर जिल्लालाई जोड्दछ । जापान सरकारको सामुदायिक सुधार परियोजना अन्तर्गत जापान सरकार र नेपाल सरकार बीचको मित्रता र सहयोगको चिनो रुवरुप जापानी जनताको तर्फबाट ती पुलहरु अनुदान सहयोगमा उपलब्ध गराइएको थियो ।

पुल निर्माणका लागि जापानीज संस्था नेपोन कोइले नेपालको सरकारी निकायसँग समन्वय गरी डेण्डर निकालेको थियो । जसमा नेपाली निर्माण कम्पनीहरुले निर्माणको ठेक्का लिएका थिए । निर्माण अलपत्र पारिएपछि सिपाली शिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगु, डाँडापारिका महाभारत र खानीखोजा गाउँपालिकाका बासिन्दाहरुले समस्या झेल्दै आएका छन् । रोशीको बीचभागतिर पर्ने यो पुलको निर्माण कार्य ५० प्रतिशत पनि पूरा नभएको बताइन्छ । उता रोशीको वडा नं. ११ माम्तिबेशी र तेमालको वडा नं. ८ लाई जोड्ने पुल नबन्दा वीपी राजमार्ग भएर यात्रा गर्नुपर्ने स्थानीयले सास्स्ती व्यहोर्दै आएका छन् । पक्की पुल नबन्दा स्थानीय कृषि उत्पादनलाई बजारसम्म पु¥याउन असहज देखिएको छ । त्यस्तै अत्यवश्यक दैनिक उपभोग्य सामान प्राप्त गर्न वर्षातका समयमा स्थानीय उपभोक्ताले जोखिम मोलेर भेलमा आवतजावत गरिरहेका छन् ।

सम्झौतामा उल्लेख भएबामोजिम निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले काम नगरेपछि निर्माण कार्य रोकिएको सरोकारवालाले बताएका छन् । विशेषगरी जापानीजहरुले पुलको गुणस्तर र कामदारको सुरक्षामा प्रश्न उठाएपछि निर्माण कम्पनी पछि हटेको बताइन्छ । निर्माण रोकिएपछि ठेक्का सम्झौता रद्द गरी सहयोगी दातृ निकायले नेपाल सरकारको ग्रामीण पूर्वाधार बेलीब्रिजलाई जिम्मा लगाए पनि पुल निर्माणका लागि पहलकदमी नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

प्रकाशित मिति : २०७५, २४ जेष्ठ बिहीबार  ५ : २५ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला