प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मन पर्ने फलफूलको विरुवा रोप्दै एक नेपाली, एक विरुवा अभियानको सुरुवा गरेका छन् । मंगलबार ओलीले मन पर्ने फलफूल लिची र एभोकाडो राेपेका हुन् । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपे । सिंहदरबारको खाली जमिनमा उनले लिची र एभोकाडो रोप्दै भने ‘फलजति जनतालाई फूल जति देशलाई ।’
जमिन बाँझो नराख्ने र फलफूलमा आत्मनिर्भर बन्ने अभियानको थालनी गर्दै ओलीले हरेक नेपालीले आफ्नो घर वरपरको खाली जमिनमा एउटामात्र फलफूल रोपे पनि देश आत्मनिर्भर बन्न सक्ने बताए । उनले यसबाट इकोसिस्टममा पनि सघाउ पुग्ने बताए । यो अभियानका क्रममा एकै दिनमा एक लाख भन्दा बढी फलफूलका विरुवा रोपिएका छन् । देशभरका सैनिक ब्यारेकमा पनि फलफूलका विरुवा रोपिएको रक्षा मन्त्रालयले जनाएको छ ।
फलफूल रोप्ने अभियान यो वर्षभरीनै चल्ने र सबै नेपालीलाई यो अभियानमा लाग्न आह्वान गरिएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताए । जुन ठाउँमा जुन फलफूल लाग्छ सोही विरुवा रोप्न आह्वान गरिएको छ ।
प्रतिक्रिया