२०८३, २६ आश्विन मंगलबार

काभ्रेमा एयरपोर्टको अध्ययन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेमा एयरपोर्टको अध्ययन गर्न ६ सदस्यीय समिति गठन


काभ्रेमा एयरपोर्ट निर्माण स्थल छनोटका लागि सरकारले अध्ययन टोली गठन गरेको छ । त्रिभूवन विमानस्थालको वैकल्पिक विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न ६ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले बुधबार मन्त्रीस्तरीय निर्णयबाट इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशकद्वय ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहेका छन् । सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा रहेका छन् ।

मंगलबार काभ्रे बनेपा नगरपालिकाको नागीडाँडा, धुलिखेल देवीस्थान ठूलीचौर र चिसापानी ठूलीचौरमा मन्त्री अधिकारी सहितको प्राविधिक टोलीले स्थलगत भ्रमण गरेको थियो । समितिलाई यी ३ ठाउँ वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विज्ञप्तिमार्फत जानकारी दिए । निश्चित समय पाएको समितिले आजैबाट काम थालेको बताइएको छ । समितिले यसअघि गरिएका अध्ययन, स्थानीयकाे भावनालाइ समेत समेटेर प्रतिवेदन दिने मन्त्री अधिकारीले बतााएका छन्र । विमानस्थलमा वृद्धि भइरहेको हवाइ चापबाट हवाइजहाजहरु उडान र अवतरण गर्दा लामो समयसम्म होल्डमा पर्ने र उडानहरु डिले र क्यान्सिलसमेत हुने गरेको थियो ।

प्रकाशित मिति : २०७५, १९ बैशाख बुधबार  ४ : १० बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका