२०८२, २ कार्तिक शनिबार

काभ्रेमा एयरपोर्टको अध्ययन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेमा एयरपोर्टको अध्ययन गर्न ६ सदस्यीय समिति गठन


काभ्रेमा एयरपोर्ट निर्माण स्थल छनोटका लागि सरकारले अध्ययन टोली गठन गरेको छ । त्रिभूवन विमानस्थालको वैकल्पिक विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न ६ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले बुधबार मन्त्रीस्तरीय निर्णयबाट इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशकद्वय ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहेका छन् । सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा रहेका छन् ।

मंगलबार काभ्रे बनेपा नगरपालिकाको नागीडाँडा, धुलिखेल देवीस्थान ठूलीचौर र चिसापानी ठूलीचौरमा मन्त्री अधिकारी सहितको प्राविधिक टोलीले स्थलगत भ्रमण गरेको थियो । समितिलाई यी ३ ठाउँ वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विज्ञप्तिमार्फत जानकारी दिए । निश्चित समय पाएको समितिले आजैबाट काम थालेको बताइएको छ । समितिले यसअघि गरिएका अध्ययन, स्थानीयकाे भावनालाइ समेत समेटेर प्रतिवेदन दिने मन्त्री अधिकारीले बतााएका छन्र । विमानस्थलमा वृद्धि भइरहेको हवाइ चापबाट हवाइजहाजहरु उडान र अवतरण गर्दा लामो समयसम्म होल्डमा पर्ने र उडानहरु डिले र क्यान्सिलसमेत हुने गरेको थियो ।

प्रकाशित मिति : २०७५, १९ बैशाख बुधबार  ४ : १० बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी