२०८२, ३० असार सोमबार

काभ्रेको च्यासिङखर्कमा नमूना भवन हस्तान्तरण (फोटो र अडियो सहित)

काभ्रेको च्यासिङखर्कमा नमूना भवन हस्तान्तरण (फोटो र अडियो सहित)


काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा नमूना घर हस्तारन्तरण गरिएको छ । ग्रामीण समाज कल्याण संघ आर्सो नेपालको साझेदारी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा सञ्चालित भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो । नमूना भवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख का सासंद बसुन्धरा हुमागाई र बेथानचोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष खजेन्ची लामाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रदेश सासंद हुमागाईले आर्सो नेपाल र मर्सिकोर नेपालले भूकम्पपछि त्यस क्षेत्रमा पुर्याएको सहयोगको खुलेरै प्रसंशा गरे ।

सासंद हुमागाइकाे भाषण सुन्न यहाँ  क्लिक गर्नुहाेस

https://soundcloud.com/prakash-sundas/basundhara-humagai

त्यस्तै वडाध्यक्ष लामाले धेरै मेहेनत गरेर संस्थाले बनाइदिएको भवन पछिसम्म संरक्षण गरी राख्ने बताए । उनले वडाको सम्पत्ति बढेको भन्दै उक्त भवनले स्थानीयहरुलाई भूकम्पप्रतिरोधात्मक घर निर्माण प्राविधि सिक्न मद्दत पुग्ने बताए ।

वडाध्यक्ष लामाकाे भाषण सुन्न यहाँ  क्लिक गर्नुहाेस

https://soundcloud.com/prakash-sundas/khachechi-lama

कार्यक्रममा भूकम्प पुनर्लाभ कार्यक्रमका बरिष्ठ परियोजना अधिकृत अभिमन्यू हुमागाईले गाउँमा भित्रिएको नयाँ प्रविधिलाई ब्यवहारमा लागु गर्न आग्रह गरे । इन्जिनियर समेत रहेका हुुमागाईले सुरक्षित आवास निर्माणमा विशेष ध्यान दिन समेत स्थानीयलाई अनुरोध गरे । च्यासिङखर्कमा ३० जना डकर्मीलाई ७ दिनको र २० जनालाई ५० दिनको डकर्मी तालिम दिएको जानकारी गराए ।

आर्सो नेपालको साझेदारी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको नमुना भवन हस्तान्तरण कार्यक्रममा उपस्थिति अथितिहरु

त्यसैगरी भूकम्प पुनर्लाभ कार्यक्रमका कार्यक्रम अधिकृत माधवराज मैनालीले यस वडामा नमूना भवनसँगै खानेपानी, सहकारी, कृषि लगाएतका क्षेत्रमा सहयोग पुर्याएको बताए । “हामीले तपाईहरुलाई विपत्तका बेला थोरै चिजमा मद्दत गरेका हौँ, उनले भने “सिकेको सिपलाई ब्यवहारमा लागु गर्नुसक्नुभयो भने पछि तपाईहरुलाई निकै सजिलो हुन्छ ।” कार्यक्रममा एमालेका स्थानीय नेता पाल्चेन लामा र माओवादी कन्द्रेका नेता मर्दनसिं तामाङले भूकम्पको बेला आर्सो र मर्सिकोर नेपालले पुर्याएको सहयोगप्रति धन्यवाद दिएका थिए ।

आर्सो नेपालको साझेदारी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको नमुना भवन हस्तान्तरण कार्यक्रममा सहभागि स्थानीय र अतिथि

प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलबार  ३ : ०४ बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल