२०८२, ३१ असार मंगलबार

काभ्रे कुशादेवीको आकाश भरि प्याराग्लाइडिङ (फोटो र भिडियो सहित)

काभ्रे कुशादेवीको आकाश भरि प्याराग्लाइडिङ (फोटो र भिडियो सहित)


जिल्लाको पनौती नगरपालिका वडा नम्बर २ गुर्दुमडाँडाबाट ब्यवसायीक प्याराग्लाडिङ सञ्चालनमा ल्याइएको छ । शनिबारबाट सुरु भएको विहावर क्षेत्र पर्यटन महोत्सव कै दिन ब्यवसायीक प्याराग्लाडिङ सञ्चालनमा ल्याइएको हो ।  गुर्दुमडाँडाबाट उडेको प्याराग्लाइडिङ पनौती नगरपालिकाको वडा नम्बर ३ घिमिरे गाउँमा अतवरण गर्ने ठाउँ निर्माण गरिएको छ । कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव अवधिभर प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने समाजका सचिव एवं पनौती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पुरोषत्तम अधिकारीले जानकारी दिए ।

काभ्रेको गुर्दुमडाँडाबाट उडेको प्याराग्लाइडिङको फोटो खिच्दै स्थानीयहरु ।

२४ सय मिटर उचाईमा रहेको गुर्दुमडाँडाबाट वडाध्यक्ष अधिकारी र पाइलट आकाश खत्रीले पहिलो उडान भरेर प्याराग्लाइडिङको शुभारम्भ गरेका थिए । उक्त डाँडाबाट अवतरण स्थलसम्म पुग्न १० देखि १५ मिनेटसम्म लाग्ने गरेको पाइलटहरुले बताएका छन् । महोत्सव अवधिभर ३ हजार रुपैयाँमा प्याराग्लाइडिङ चड्न पाउने ब्यवस्था मिलाइएको छ ।

कुशादेवीको आकाशमा उडेको प्याराग्लाइडिङ

अघिल्लो वर्ष यहि डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । परीक्षण सफल भएपछि नागरिक उड्यन प्राधिकरणले प्याराग्लाइडिङकाखअनुमति दिएको पनौती नगरपालिकाका प्रमूख भिमप्रसाद न्यौपानेले जानकारी दिए । “अहिले महोत्सव अवधिभरका लागि उडान हुन्छ, उनले भने “पछि यसलाई संस्थागत रुपमै सञ्चालनमा ल्याउने योजना बनाएका छौँ ।” प्याराग्लाइडिङका पाराखिहरु अब पोखरा, राङकोट लगाएका ठाउँमा जान नपर्ने भएको छ । “यो ठाउँलाई नागरिक उड्यन प्राधिकरणले अनुमति दिइसकेको छ, नगरप्रमूख न्यौपानेले भने “आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि गुर्दुमडाँडा प्याराग्लाइडिङको उपयुक्त स्थान बनाउछाैँ ।”

 हेर्नाेस् भिडियाे काे होलिन ती साहासि महिला जसले काभ्रेको भूमिमा पहिलो पटक प्याराग्लाइडिङ चडिन

महोत्सवमा ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफुल र तिनका परिकार स्टल राखिएका छन् । महोत्सवमा हाफ म्याराथन, साइक्लिङ र हाइकिङको समेत ब्यवस्था गरिएको छ । गुर्दुमडाँडा र नागीडाँडाबाट सगरमाथा, गणेश, माछापुच्छे« लगायत हिम श्रृंखलाहरुको दृश्य अवलोकन गर्न सकिनेछ ।

कुशादेवीको आकाशमा उडेको प्याराग्लाइडिङ

 

प्रकाशित मिति : २०७५, १५ बैशाख शनिबार  ६ : ०१ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे