२०८३, २७ आश्विन बुधबार

देशभरका सडकमा रुट परमिट खुला

देशभरका सडकमा रुट परमिट खुला


सिन्डिकेटविरुद्ध उभिएको यातायात व्यवस्था विभागले सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ । यातायात व्यवस्था ऐनका व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो ।

सरकारले सिन्डिकेट मान्दैनौं भने पनि देशभरका सार्वजनिक यातायातमा अघोषित सिन्डिकेट कायमै छ । तर, पछिल्लो पटक अरनिको राजमार्गमा सिन्डिकेट तोडिएको छ । मयुर यातायातले काठमाडौं-बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा समितिले विरोध गरेका थिए । उनीहरुले सिन्डिकेट कायम राख्न सवारी नै बन्द गरेर आन्दोलन गरेका थिए । तर, सरकारले उनीहरुको आन्दोलनका सामू झुक्नुको साटो थप कम्पनीलाई रुट अनुमति दिएपछि सिन्डिकेट तोडिएको छ ।

यसबाट हौसिएको विभागले देशभरका सडक पनि रुट परमिट खुला गर्ने निर्णय गरेको हो । शुक्रबार मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिए । ‘यो ऐनमै भएको व्यवस्था हो । अब कुनै पनि रुटमा जो जान चाहे पनि रोकिने छैन’ महानिर्देशक भट्टराईले अनलाइनखबरसँग भने, ‘स्वच्छ प्रतिस्पर्धाका लागि सबै रुटमा इजाजत खुला गर्न लागेका हौं । अब देशभर नै सिन्डिकेट तोड्नुपर्छ ।’

अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट नरोकिने उनले बताए । ‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ । कसैले विरोध गर्दैमा सिन्डिकेट राख्न सकिन्न’ विभागका महानिर्देशक भट्टराईले भने, कुनै पनि रुटमा अरुलाई निषेध गरेर आफ्नो मात्र सवारी चलाउने दिन सकिए ।’

निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागको चेतावनी छ । अहिले पश्चिम नेपालका साथै पृथ्वी राजमार्ग र बटुवलबाट पश्चिम जाने रुटहरुमा सिन्डिकेट छ । छोटा दूरीका रुटहरुमा पनि सहजै नयाँ गाडीले प्रवेश पाउने अवस्था छैन । तर, देशभर रुट इजाजत खुला गर्ने नयाँ निर्णयसँगै राजमार्गको लामा रुटहरुमा पनि नयाँ बस कम्पनीहरु आउने यातायात व्यवस्था विभागको दाबी छ ।

प्रकाशित मिति : २०७४, २३ चैत्र शुक्रबार  ४ : ०८ बजे

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम