२०८२, २१ असार शनिबार

धुलिखेलमा मयूर यातायात, काभ्रेका दुई ब्यवसायी समिति एक्लिए

धुलिखेलमा मयूर यातायात, काभ्रेका दुई ब्यवसायी समिति एक्लिए


मयूर यातायात प्रालिले धुलिखेलसम्म बस सेवा सुरु गरेको छ । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिले मयूरको रुट परमिट खारेजीको माग गर्दै गाडी बन्द गरेपछि बुधबारदेखि मयूरले धुलिखेलसम्म यातायात सञ्चालनमा ल्याएको हो ।

प्रहरीको स्टकटिङमा बुधबार देउँसो धुलिखेल आइपुगेको मयूरको बसले गाडी बन्दका कारण समस्यामा परेका यात्रु लिएर काठमाण्डौ गएको थियो । मयूरको बसले सयौँ यात्रुलाई गन्तब्यसम्म पुर्याएको थियो ।

आन्दोलनमा एक्यबद्धता तर ब्यवहारमा फरक
काभ्रे र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने बेला कोठेश्वरपूर्वका १३ वटा बस ब्यवसायीहरुको नाम थियो । तर मध्य उपत्यका बस ब्यवसायी संघले आफुहरुको नाम जबरजस्ती ज्ञापन पत्रमा राखेको भन्दै विरोध नै जनाएको छ ।

मध्य उपत्यका ब्यवसायी संघकाे बिज्ञाप्ती

अरनिको यातायात सेवा समितिको पनि बस नियमित जस्तै सञ्चालनमा थिए । धुलिखेल, बनेपाका यात्रु समेत यो समितिको बसले ओसारी रहेको देखिन्थ्यो । त्यस्तै हिमाल तराई यातायात सेवा समिमिका बसपनि सञ्चालनमा थियो । हेलम्बु यातायात सेवा समितिका बसपनि गुडिरहेका थिए । ताकि उनीहरुले पनि आन्दोलनमा एक्यबद्धता जनाएका थिए । तर उनीहरुले त्यो सहमति पालान गरेनन् । बास्तवमा बुधबारको बन्दबाट काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समिति एक्लो भएको छ ।

यस्ताे थियाे काभ्रे र भत्तपुर प्रशासनमा बुझाएको ज्ञापन पत्र

धुलिखेलमा ब्यवसायी हेरेका हेर्यौ
बनेपासम्मको रुट परमिट लिएर आएको मयूर यातायात प्रालिका बस काभ्रेका ब्यवसयीहरुले तोडफोड गरे । तर बुधबार धुलिखेलमै मयूर आयो । ब्यवसायीहरु टुलुटुलु मात्रै हेरिरहे । उनीहरुले कुनै प्रतिवाद गरेनन् । किन भने गल्ती उनीहरुको थियो ।

मयूरले अहिले ३५ रुपैयाँमा बनेपाबाट काठेश्वर पुर्याउँछ । काभ्रेका बसहरुले भाडा ४२ रुपैयाँ भएपनि ४५ रुपैयाँ यात्रुसँग असुल्दै आएका छन् । यहाँका पुरानो बसबाट वाक्क भएका राजधानीपूर्वका यात्रुहरु विकल्प खोजिरहेका थिए । सहचालकको ब्यवहारबाट पनि उनीहरु वाक्क दिक्क भइसकेका थिए । धुलिखेलमा अलपत्र परेका यात्रुहरु फटाफट मयूरमा चडे । ब्यवसायीहरु हेरेको हेर्यौ गरिरहे ।

प्रकाशित मिति : २०७४, २१ चैत्र बुधबार  ५ : ५६ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न