२०८२, २९ आश्विन बुधबार

काग्रेँसबाट निर्वाचित वडा अध्यक्षले नै पुल निर्माणको ९० बोरा सिमेन्ट चोरेपछी…….

काग्रेँसबाट निर्वाचित वडा अध्यक्षले नै पुल निर्माणको ९० बोरा सिमेन्ट चोरेपछी…….


नवलपरासीको कावासोतीमा निर्माण भइरहेकाे पुलबाट जनप्रतिनिधिले नै सिमेन्ट चोरी गरेकाे पाइएकाे छ ।  कावासोती  नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको भोटीखोला पुलको  सिमेन्ट वडा अध्यक्षकै संलग्नतामा चोरी भएको हो  ।

पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर  १ का वडा अध्यक्ष नारायण पन्तको संलग्नतामा  पुल निर्माणमा खटिएका सुपरभाइजर गोपाल थापासहितका व्यक्तिले चोरी गरे पछि स्थानीय आक्रोशित बनेका छन् । पुल निर्माणकै क्रममा सिमेन्ट चोरी भएपछि पुल निर्माणको कार्य समेत राेकिएकाे  छ । पुल निर्माणका लागि बसेका सुपरभाइजर र वडा अध्यक्षको मिलेमतोमा चैत्र ११ गते राति सिमेन्ट चाेरी भएको हो ।

राति १२ बजेको समयमा  वडा अध्यक्ष नारायण पन्तले स्टोरको चाबी खोल्न लगाएर ट्याक्टरमा लोड गरी सिमेन्ट लगेका थिए । भोटी खोला निर्माण व्यवस्थापन समितिका अध्यक्ष घनलाल भुषालका अनुसार अध्यक्ष पन्तले मदिरा सेवन गरी  राति पुल निर्माणस्थलमा  पुगेको र सिमेन्ट निकालेको स्वीकार गरेका छन् । वडा अध्यक्षले आफूले सबै थाहा नपाएको र सुपरभाइजरले आफूलाई फसाएको भन्ने गरेको भुषालले बताए । वडाध्यक्ष पन्त नेपाली काँग्रेसबाट  टिकट पाएर विजयी भएका हुन् ।

वडा अध्यक्ष पन्त यसअघि वन मुद्धामा  जेलसमेत  परेका थिए । वन मुद्धामा फरार भएका पन्त चुनाव घोषणा भएपछि सजाय भुक्तान गरी वडा अध्यक्षको उम्मेदवार बनेका थिए । त्यो पुल जेभिसी बिल्डर्स कम्पनीले निर्माणका लागि ठेक्का लिएको छ । कम्पनीले झण्डै ४ करोड २५ लाखको लागतमा २५ मिटर लम्बाइको पुल निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति : २०७४, १८ चैत्र आईतबार  ६ : ४७ बजे

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा प्रवेश, ओमानसँगै काट्यो टिकट

काठमाडौं। नेपालले लगातार दोस्रोपटक टी-२० विश्वकपमा सहभागिता जनाउने ऐतिहासिक उपलब्धि

एमाले केन्द्रीय कमिटी बैठक : ५० सदस्यको धारणा, भोलि बिहान ८ बजे पुनः बैठक बस्ने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु भएको

मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको

सिंह र साह जस्वपामा सनाखत गर्न जाँदा झडप

जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व