२०८३, ४ आश्विन सोमबार

काभ्रेकाे भूग्देउमा नमूना घर हस्तान्तरण

काभ्रेकाे भूग्देउमा नमूना घर हस्तान्तरण


काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ भूग्देउ महाँकालमा नमूना घर हस्तान्तरण गरिएको छ । ग्रामीण समाज कल्याण संघ (आर्सो) नेपालको साझेदारीमा मर्सिकोर नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त घर शनिबार हस्तान्तरण गरिएको हो । भूकम्प पुर्नलाभ कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर वडाध्यक्ष विष्णु तामाङको प्रमूख आतिथ्यमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले सरकारले भन्दा पहिले नै डकर्मी र सिकर्मीलाई तालिम दिएर यस संस्थाले घर बनाएको भन्दै यो भवन दीर्घकालिनसम्म सञ्चालन गर्ने वातावरण आफुले बनाउने बताए । “हामीलाई यो संस्थाले निकै ठूलो गुण लगाएको छ, उनले भने “अब यो वडाको सम्पत्ति भएको छ, यसलाई संरक्षण गर्ने पनि हाम्रै दायित्व हो ।” उक्त भवनमा भूग्देउ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दैनिक कार्य सञ्चालन गर्ने छ ।

नमूना घरले भूकम्पप्रतिरोधात्मक घर बनाउन भूकम्पप्रभावितलाई सजिलो हुने स्थानीयहरुले बताएका छन् । “गाउँको विकास निर्माण मेरो त तेसो नभनी गर्नुपर्छ, भूग्देउ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रमान तामाङले भने “गाउँको विकास गर्छु भनेर आउने गैरसरकारी संस्थाहरुलाई हामीले सहयोग पनि गर्नुपर्छ ।” कार्यक्रममा बोल्दै भूकम्प पुर्नलाभ कार्यक्रमका संयोजक माधब मैनालीले स्थानीयको सहयोगले आफु निकै हर्षित भएको भन्दै अर्को चरणको कार्यक्रम आए महांकालबाटै सुरु गर्ने बताए । “हामी ज्यादै आभारि छौँ, उनले भने “हामीले प्रदान गरेका सिपलाई ब्यवहारमा लागु गर्नुभयो भने आयआर्जन गर्न निकै सजिलो हुनेछ ।” उक्त परियोजनाले कृषि र खानेपानीको क्षेत्रमा पनि काम गरेको छ ।

प्रकाशित मिति : २०७४, १७ चैत्र शनिबार  ८ : ३८ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग