२०८३, १ श्रावण शनिबार

अाेलीकाे सपना पुरा हुदैँ, सप्तकोशीमा नेपाली ध्वजावाहक ‘जहाज’ चल्दै

अाेलीकाे सपना पुरा हुदैँ, सप्तकोशीमा नेपाली ध्वजावाहक ‘जहाज’ चल्दै


भोजपुरका सर्वसाधरणको यात्रा गर्ने समय छोटिएको छ । सडकमार्गबाट इटहरीहुँदै भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्ने गरेकोमा अब त्यो समय घट्ने भएको हो । अब भोजपुर सदरमुकाम साढे ४ घण्टामै पुग्न सकिने छ । सप्तकोशीमा व्यवसायिक रुपमा जेट बोट सञ्चालन हुने भएपछि साढे ४ घण्टामै भोजपुर सदरमुकाम पुग्न सकिने भएको हो । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लि.ले सुनसरीको बराहक्षेत्र-१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याउन लागेको हो ।

इटहरीबाट ४५ मिनेटमा पुगिने चतराबाट १५ किलोमिटर हाराहारीको सिम्ले पुग्न १५ मिनेट लाग्छ भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ । भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब २ घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका छन् ।सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा हुने देखिएको छ ।

सप्तकोशी नदिहुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारवाहन दुवै कोणमा सञ्चालन गरिएको हो । तीन करोड प्रारम्भिक लगानीको यो पर्यटकीय परियोजनाले सप्तकोशी किनारमा रिसोर्ट सञ्चालन गर्न, तमोर तथा सुनकोशीमा र्‍याफ्टिङ गर्न थप २ करोड लगानी थप्ने कार्ययोजनामा रहेको छ ।

आइतबार बराहक्षेत्रका मेयर निलम बस्नेत र उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले आइतबार जेट बोट चढेर यसको परीक्षण सञ्चालन गरेका हुन । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली अगाडि सुम्निमा जल यातायात प्रालीले पनि सप्तकोशीमा जेट बोट चलाएको थियो । तर, एक दुर्घटनामा एक जना बेपत्ता भएपछि भने त्यो सेवा बन्द भयो । यता, बराहक्षेत्र जल यातायातले भने आफूहरूले यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बीमा गरेको र बोटको पनि बीमा गरेकाले दुर्घटनाको सङ्कट नभएको बताएको छ ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ६ : ०५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित