२०८२, १९ माघ सोमबार

इन्द्रावतीको दोहन, दुई जिल्लाको सिमा विवाद !

इन्द्रावतीको दोहन, दुई जिल्लाको सिमा विवाद !


काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सिमाना विवादले इन्द्रावती नदीको दोहन चरम उत्कर्षमा पुगेको स्थानीयहरुले बताएका छ । इन्द्रावती नदीको स्वामित्व लिने बारे जिल्लाका प्रशासकहरु बीच छलफल हुने गरेको भएता पनि अहिलेसम्म कुनै समाधानको बिन्दु भेटिएको छैन् । जसका कारण इन्द्रावती दिनप्रतिदिन आफ्नो अस्तित्व मेटाइरहेको छ । यो नदीले प्रभावित क्षेत्रलाई भन्दा पनि ठेक्का लगाउने अड्डाका प्रमूखहरुलाई मोटो आम्दानी दिइरहेको तितो यथार्थ छ । नदी भासिएको छ । यसलाई अझ भसाउन जिल्लामा शासन सत्ता सम्हालेका देखि स्थानीय स्तरका ब्यक्ति समेतको ठूलो चलखेल भइरहेको छ । बोल्ने कोहि छैनन् । यसो कहिले काँहि देख्नेले विचार भन्छन् बस् यत्ति हो । इन्द्रावतीले पाउने । नदीको तीब्र दोहनले खेतीयोग्य जमिन खेती लगाउन नमिल्ने भइरहेको छ । आसपासको बस्ती र न्धिुपाल्चोक जोडने पक्कि पुलको अवस्था ज्यादै जोखिममा परेको छ ।

यहि रफतारमा इन्द्रावतीलाई रित्याएर सहरमा महल बनाउने हो भने त्यो आसपासका बस्ती विस्तापित नहोला भन्न सकिदैन् । आर्थिक प्रलोभनमा नदीको सुन्दरतालाई बिग्रन उद्त भएका जिल्लाका प्रमूख देखि क्रसर सञ्चालन गरिरहेकाहरुले सोच्ने बेला आइसकेको छ । माझि समुदायको पेसा जर्बजस्त खोसिएको छ । के अब उनीहरुको रोजीरोटीको ब्यवस्था क्रसर ब्यवासयी र ठेक्का दिने अड्डाका प्रमूखले गर्ने कि नगर्ने ? उनीहरुको जीविको पार्जनका लागि बैकल्पिक उपाय दिने कि नदिने ?

ईन्द्रावती नदिको सिमाङ्गकन सिन्धुपाल्चोकले गरे पछि सिन्धुपाल्चोक सिमा क्षेत्रमा सञ्चालन गरिएका अधिकांश उद्योगको बातावरणि असर मुल्यांकन नगरिएको ईन्द्रावती बचाउ अभियानले जनाएकाे छ ।  ती उद्योगमा प्रयोग भएका मेसिन कति पुराना भएर । त्यसबाट निस्कने ध्वनीले आसपासको बस्तीमा कस्तो असर पुर्याइरहेको छ भन्ने हेक्का ठेक्का दिने प्रमूखलाई थाहा छ कि छैन ?

तातोपानी नाका सञ्चालनमा हुदाँ जस्तै इन्द्रावती र सुनकोशी दोहन गर्न मिल्ने अवस्थासम्म यी दुई जिल्लाका प्रमूखहरुको मुख सधै रसिलो देख्न पाइने छ । यी जिल्लामा सरुवा मागेर आउनेका लाइन लागिरहने नै छ । तर इन्द्रावती सधै रोइ रहनेछ । स्थानिय जनप्रतिनिधि, प्रशासन र ब्यवसायीहरुले आफ्नो मात्रै हित सोच्ने र नदिलाई चुसिरहने हो भने इन्द्रावती अबको केहि वर्षमै थप संकटमा पर्न सक्छ । त्यहाँका माझि र दनुवार समुदायको अवस्था अझ दयनीय बन्दै जाने पक्का छ ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ५ : ०९ बजे

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी