२०८३, १ भाद्र मंगलबार

मयुर यातायातको सुविधाः आमाबच्चा सिट देखि निःशुल्क यात्रासम्म

मयुर यातायातको सुविधाः आमाबच्चा सिट देखि निःशुल्क यात्रासम्म


बनेपादेखि काठमाडौको चक्रपथसम्म सिधा यातायात सुचारु गरेको मयुर यातायात प्रा.लिले यात्रुहरुलाई विभिन्न सुविधा दिएको छ । हाल २४ वटा बस सञ्चालनमा रहेका छन् । बनेपाबाट काटेश्वरसम्म ३५ रुपैयाँमै यात्रा गर्न पाइन्छ । यसमा कार्डको छुट पनि पाइन्छ । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनीबस ब्यवसायी समितिले पनि कार्डको छुट त दिएका छन् तर बनेपादेखि कोठेश्वरसम्म ४५ रुपैयाँ भाडा तिर्नुपर्छ । भाडा ४२ रुपैयाँ भएपनि यी दुई समितिका सहचालकले ३ रुपैयाँ यात्रुलाई कहिल्यै फिर्ता दिदैँन् ।

 

बिहान साढे ५ बजेदेखि बेलुका ६ बजेसम्म बनेपाका लागि गाडी छुट्ने ब्यवस्था मिलाइएको मयूर यातायात प्रा.लिका अध्यक्ष मोहन बहादुर श्रेष्ठले जानकारी दिए । १५ वटा बस ४२ सिटका रहेका छन् । ९ वटा बस ३७ सिट संख्याका छन् । “यो हाम्रो सुरुको बसहरु हुन्, उनले भने “छिट्टै बस संख्या थपेर यात्रुहरुलाई सुविधा दिन्छौँ ।”

आमाबच्चा सिट
मयूर यातायात प्रालिले पहिलो पटक आमाबच्चा सिट राखेर बस सञ्चालनमा ल्याएको छ । दुई वटा सिट आमाबच्चाका लागि छुट्याइएको छ । समितिले यसका अलवा अपाङ्ग, अशक्त र महिला सिट राखेको छ । “महिला सिट मात्रै राख्दा बच्चा बोगेर आउँने आमाहरु सधै उभिएको देखेर, आमाबच्चा सिट राखेका हौँ, समितिका अध्यक्ष श्रेष्ठले भने “यात्रुहरुको सुविधालाई कुनै पनि अवस्थामा कमी हुन दिने छैनौँ ।” मयुरमा ७० वर्ष पुरा गरेको बृद्धबृद्धा, अपाङ्ग यात्रुले निःशुल्क यात्रा गर्न पाउँछन् । त्यस्तै ६० वर्षपूरा भएपछि बृद्धबृद्धाको परिचयपत्र बनाएका समुदायको यात्रुले आधा मात्रै भाडा तिर्नुपर्छ । मयुरका बसमा सित्तैमा वाईफाई समेत चलाउन पाइन्छ । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनीबस ब्यवसायी समितिको गाडीमा अपांङ, महिला र ज्येष्ठ नागरिक सिट मात्रै छन् ।

पुरानो समिति आत्तियो
सुविधा युक्त नयाँ समितिका बस सञ्चालनमा आएपछि पुराना दुई यातायात ब्यवसायीहरु आतालिएका छन् । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनीबस ब्यवासयी समितिले मयुर यातायातमा यात्रु चढ्न नदिने देखि ढुंगा मुढा प्रहार गर्ने जस्तो काम गरेर उडण्ड मच्याइरहेका छन् ।

प्रतिस्पर्धा गर्नु त कहाँ हो कहाँ । मयुरका गुडी रहेका गाडीलाई बाटो छेक्ने देखि चढिसकेको यात्रु ओरार्लन समेत यी दुई समितिका पदाधिकारी पछि परेका छैनन् । पुरानो र पश्चिममा रात्री सेवा दिएर थोत्रो भइसकेका गाडी काभ्रे बस ब्यवसायी समितिले धुलिखेल काठमाण्डौ चलाई रहेको छ । सिट कहिल्यै सफा गर्दैनन् । सिटको आकार पनि उस्तै सानो छ ।

रमिते प्रहरी
सरकारले कुनै पनि ठाउँमा सिन्डिकेट लगाउन नपाउने भनेको छ । तर सरकारको निकाय प्रहरी प्रशासन भने नयाँ यातायात समितिको गाडीमा ढुंगा, मुढा हुदाँ पनि नदेखे, नसुने झै बस्ने गरेको छ । बनेपाको चारदोबाटो जस्तो ब्यस्त सडकको बीच भागमै आएर गाडी रोक्दा पनि कुनै प्रकारको एक्सन नलिनुले पुराना ब्यवसायी र प्रहरीबीचको साठगाँठ छताछुल्ला भएको छ । प्रहरीकै मिलेमात्तोमा पुरानो ब्यवासी नयाँ यातायात ब्यवसायीलाई पेल्ने काम भइरहेको भन्दै सामाजिक सञ्जालमा यसको तीब्र विरोध भइरहेको छ ।

प्रकाशित मिति : २०७४, ६ चैत्र मंगलबार  ३ : १६ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा