२०८२, १४ माघ बुधबार

२० वर्ष पुराना थोत्रा गाडी आजबाट प्रतिवन्ध

२० वर्ष पुराना थोत्रा गाडी आजबाट प्रतिवन्ध


काठमाडौँ । सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने राससलाई जानकारी दिए । २० वर्ष पुराना सवारी गुडाएमा समातेर कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उनले सुनाए ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।

यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनताको सेवा रोक भन्न नसकिने बताउँदै २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ । मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिला भएको थियो ।

प्रकाशित मिति : २०७४, १ चैत्र बिहीबार  ११ : १८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै