२०८३, ३० असार बुधबार

काभ्रे महोत्सवमा उत्साह झन झन घट्दैँ, पाचौँ दिन २ सय मात्रै दर्शक

काभ्रे महोत्सवमा उत्साह झन झन घट्दैँ, पाचौँ दिन २ सय मात्रै दर्शक


धुलिखेलमा चलिरहेको काभ्रे महोत्सवको रौनक जति दिन बित्दै गयो उत्ति कम हुदैँ गएको छ । सामान्य तय यसअघिका महोत्सवहरुमा सुरुको भन्दा अन्तिम दिन नजिकिदै गर्दा रौनक ह्वात्तै बढ्ने गरेको थियो । तर धुलिखेल महोत्सवमा भने आइबार पाँचौँ दिनसम्म आइपुग्दा त्यस्तो देखिएको छैन् । जम्मा २ सय दर्शकले महोत्सव अवलोकन गरेको पाइएको छ ।महोत्सव १० दिनसम्म चल्ने छ । अझै पाँचदिन बाँकी नै छ । तर महोत्सवले धुलिखेलकै दर्शकलाई समेत छुन सकेको छैन् । सातागोता र भनसुन बाहेक भित्री रुपमा महोत्सवलाई खासै धुलिखेलका ब्यवसायीहरुले समेत रुचाएको पाएको छैन् । राजधानीबाट ३० किलोमिटरको दुरीमा आयोजना गरिएको महोत्सवमा शनिबार र सार्वजनिक बिदा बाहेक अन्यदिनमा राजधानीका दर्शकलाई महोत्सवले तान्न पटक्कै सकेको छैन् ।

स्टल पाँचौ दिन पनि रित्तै
पर्यटकीय नगर धुलिखेलमा चलिरहेको काभ्रे महोत्सवको पाँचौ दिन पनि स्टलहरु रित्तै छन् । आयोजकले थप १० वटा स्टल थपिएको दाबी गरेको छ । तर स्टल घर रित्तै छन् । १५० वटा स्टल घर राखिएका छन् । अहिलेकै अवस्था हेर्ने हो भने महोत्सव सकिने दिनसम्म पनि यी सबै स्टलबाट कारोबार हुने छैन् । तर स्टलको ठेक्का पाएको मंगला एमुजमेण्ड प्रा।लि ले भने सबै स्टल बुकिङ भैसकेको कुरा बताइरहेको छ । प्रश्न यहाँ छ कि बुकिङ शुल्क तिरेका स्टलमा ब्यवसायीले किन सामाग्री राखेनन ?

उद्योग वाणिज्यसंघ र नगरपालिकाको जुहारी
महोत्सवको मूख्य आयोजक रहेको धुलिखेल उद्योग वाणिज्य संघ र धुलिखेल नगरपालिका बीच वाकयुद्ध जस्तै देखिएको छ । महोत्सव उद्घाटनका बेला धुलिखेल नगरपालिका प्रमूख अशोक कुमार ब्याञ्जु धुलिखेलमै थिएनन् । उक्त सभामा नगरपालिकाको नेतृत्व गर्दै उपप्रमूख बिमला शर्मा पुगेकी थिइन् । महोत्सव चलिरहदाँ धुलिखेल नगरपालिकाको नगरसभा पनि अहिले चलिरहेको छ । नगरपालिका निर्वाचित पदाधिकारीहरु नगरसभामै ब्यस्त छन् । नगरपालिकाले आफ्नो नगरसभा पूर्वनिर्धारित कार्यक्रम अनुसार नै चलिरहेको जनाएको छ । जसका कारण महोत्सवमा जनप्रतिनिधिहरुको खासै उपस्थिति देखिदैन् ।

महोत्सव आयोजनाको तयारी हुदैँ गर्दा धुलिखेल नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जुले नगरपालिका आफै मूख्य आयोजक रहेर महोत्सव सम्पन्न गर्न चाहेको प्रस्ताव धुलिखेल उद्योग वाणिज्यसंघका पदाधिकारीलाई राखेका थिए । तर उद्योग वाणिज्यसंघले उनको प्रस्ताव स्वीकार गरेनन् । र महोत्सव मंगला एमुजमेण्ड प्रा।लि लाई ठेक्कामा दिइयो । यस अघिका महोत्सवहरुमा विभिन्न समिति र उपसमिति गठन गरि महोत्सव सम्पन्न गरिएको थियो । तर यो पटक भने धुलिखेल उद्योग वाणिज्य संघले जिल्लामा उत्पादन भएका सामाग्रीको प्रचार प्रसार भन्दा पनि पैसा कमाउने रणनीति अन्तर्गत ठेक्कामा दिएपछि संघभित्रैका केहि पदाधिकारीहरुले महोत्सवको खुलेरै विरोध गर्न थालेका छन् । नगरपालिकाका वडाध्यक्षहरुले यसलाई नितान्त कमाउन धन्दा भएको टिप्पणी गरेका छन् । नगर परिषद् चलिरहे पनि समय मिलाएर महोत्सव स्थलमा समय मिलाएर पुग्ने उपप्रमूख बिमला शर्माले बताइन् ।चिया पसलमा कुरा काट्ने, महोत्सव स्थलमा पुग्ने
धुलिखेलका हरेक चिया पसलमा महोत्सवको तीब्र आलोचना धुलिखेल उद्योग वाणिज्यसंघकै पदाधिकारीबाट हुन थालेको छ । यद्यदि चिया पसलमा आलोचना गरेपनि पछि अप्ठ्यारो पर्ने भन्दै महोत्सव स्थलमा भने देखापर्न पुग्ने गरेका छन् ।
महोत्सवमा रत्नपार्कमा बेच्न राखिएको कपडा, भाडाकुडाँ, चुरापोते जस्ता स्टल बाहेक नागरिकका दैनिक उपभोग्य वस्तुहरुलाई आयोजकले समेट्नै सकेको छैन् । काभ्रे जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकालाई चिनाउने छुटा छुट्टै उत्पादन छन् । तर आयोजकले यो पक्षलाई पूरै बेवास्था गरेको जनप्रतिनिधिहरु बताउँछन् । महाभारतको कपी, पाँचखालको आलु, चौरीदेरालीको चिया, बेथानचोकको दुध, पनौतीको साँस्कृतिक पक्ष तपाई हेर्न चाहानुहुन्छ भने महोत्सव स्थल पुगेर कल्पना मात्रै गर्ने हो । देख्न पाइदैन् ।

प्रकाशित मिति : २०७४, २७ फाल्गुन आईतबार  ७ : ३६ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित