२०८२, ८ माघ बिहीबार

सरकारमा गयो माओवादी, गृहमन्त्रीमा बादल, अर्थमन्त्रीमा युवराज खतिवडा

सरकारमा गयो माओवादी, गृहमन्त्रीमा बादल, अर्थमन्त्रीमा युवराज खतिवडा


काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ दिनपछि सरकार विस्तार गरेका छन् । माओवादी केन्द्रका मन्त्रीसहित सोमबार उनले मन्त्रिपरिषद् विस्तारमा गरेका हुन् ।

विस्तारित मन्त्रीपरिषदमा एमालेबाट महासचिव ईश्वर पोखरेल र डा.युवराज खतिवडा तथा माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादव मन्त्री थपिएका छन् । माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् । माओवादी नेतृत्वले भने बादललाई उपप्रधानसहित एउटा मन्त्रालय दिएर गृहमा अरु पठाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेपछि बादलले गृह छाडेनन् ।

यसैगरी पूर्वगर्भनर युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ । तर, तत्काललाई मन्त्री बन्न खतिवडालाई कानुनले रोक्दैन । मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद प्रतिनिधि वा राष्ट्रिय सभाको सदस्य भइसक्नुपर्छ। यस्तै एमाले पार्टीका महासचिव ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। पोखरेल उपप्रधानमन्त्री सहित अर्थमन्त्री बन्ने दौडमा थिए । तर, युवराज खतिवडाले अर्थमन्त्रीमा बाजी मारेपछि पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

यस्तै पूर्व मन्त्री समेत रहेको माओवादीका मातृकाप्रसाद यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । यसअघि लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।

Aquí te detallamos los requisitos para poder abrir la cuenta Expansión. El https://dinerorapido-24h.com proceso es muy sencillo y sólo tendrás que completar el formulario online con tus datos personales..

प्रकाशित मिति : २०७४, १४ फाल्गुन सोमबार  ६ : ५८ बजे

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको