२०८२, १७ असार मंगलबार

वामगठबन्धमा मिल्यो भागवण्डा, राष्ट्रपति एमालेलाई सभामुखमा माओवादीले पायो

वामगठबन्धमा मिल्यो भागवण्डा, राष्ट्रपति एमालेलाई सभामुखमा माओवादीले पायो


फागुन ११ , काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्ध बीच भागवण्डा मिलेको छ । माओवादी अध्यक्ष प्रचण्डका अनुासार राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको हो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका हुन । प्रचण्डका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ । यसैगरी माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्षमा चित्त बुझाएका छन् ।एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरेको थियो ।

संविधानसभाका तत्कालीन अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो । माओवादी स्रोतका अनुसार ‘राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन सकिँदैन, त्यसैले सभामुख हामीले लिने कुरा भएको छ ।’ माओवादीले सभामुख कृष्णबहादुर महरालाई बनाउँन स्रोतको दावि छ ।
T study harder study ProThesisWriter smarter text automatically extracted from attachment below.

प्रकाशित मिति : २०७४, ११ फाल्गुन शुक्रबार  ५ : ४२ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर