२०८१, ३० फाल्गुन शुक्रबार

यस्तो छ एमाले मओवादीको मन्त्रालय भागवण्डा, एमालेलाई १०, माओवादीलाई ७

यस्तो छ एमाले मओवादीको मन्त्रालय भागवण्डा, एमालेलाई १०, माओवादीलाई ७


१० फागुन, काठमाडौं । सरकारमा सहभागी वामगठबन्धनका एमाले र माओवादीबीच मन्त्रालयको भागवण्डालाई दुवै दलले मिलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डाको टुंगो लगाइएको हो ।

समझदारीअनुसार एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय पाएको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालयको नेतृत्व गर्ने भएको छ । माओवादीले भौतिक पूर्वाधार र पर्यटन मन्त्रालय मागेको थियो । तर, ती दुई मन्त्रालय भने सरकारको नेतृत्व गरेको दल एमाले आफैले राखेको छ । एमाले नेताहरुले भने यो बाँडफाँड प्रस्तावित भएकाले केही संशोधन हुन सक्ने संकेत गरेका छन् । एमाले उच्च स्रोतकाअनुसार मन्त्रालय बाँडफाँडबारे दुई अध्यक्षबीच सामान्य छलफल भएको हो । औपचारिक रुपमा टुंगो भने लगाइएको छैन ।’

कार्यदलको संयुक्त बैठक बस्नु पूर्व दुई अध्यक्षबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले गृह र परराष्ट्रमन्त्रीमा व्यक्ति पनि हेर्नु पर्ने कुरा उठाएको बैठकमा सहभागी एक नेताले बताए । मन्त्रालयको भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छान्ने गृहकार्यमा जुटेको बुझिएको छ । एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरु भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो ।

  • एमालेको भागमा परेका मन्त्रालयहरु
    अर्थ तथा योजना
    परराष्ट्र
    रक्षा
    भौतिक पूर्वाधार तथा यातायात
    संघीय मामिला तथा सामान्य प्रशासन
    सूचना सञ्चार
    कानुन, न्याय तथा संसदीय मामिला
    पर्ययन
    शिक्षा तथा खेलकुद
    स्वास्थ्य तथा जनसंख्या
  • माओवादीको भागमा परेका मन्त्रालयहरु
    गृह
    जलस्रोत तथा ऊर्जा
    उद्योग, वाणिज्य तथा आपूर्ति
    शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
    वन तथा वातावरण
    कृषि, सहकारी तथा भूमि व्यवस्थापन
    श्रम तथा रोजगार तथा महिला बालवालिका

Fechter mehr infos weniger infos bachelorarbeit in kurzer zeit schreiben lassen maschinenelemente 2 – dr.

प्रकाशित मिति : २०७४, १० फाल्गुन बिहीबार  ७ : ३२ बजे

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक