२०८३, ३० असार बुधबार

नेपालमा चार वर्षमा ६ इन्काउन्टर, को–को परे इन्काउण्टरको निशानामा

नेपालमा चार वर्षमा ६ इन्काउन्टर, को–को परे इन्काउण्टरको निशानामा


काठमाण्डौं/ नेपाल प्रहरीले पछिल्लो चार वर्षमा गुण्डागर्दी नियन्त्रण गर्ने भन्दै ६ वटा इन्काउन्टर गरेको छ । जसमा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरी इन्काउण्टरका विषय विवादरहित नभए पनि गुण्डागर्दी तथा अपराधमा संलग्नहरुबाट समाजलाई मुक्त गर्न भन्दै इन्काउन्टर गरिंदै आएको छ । पक्राउ गर्न खोज्दा वा आफूमाथि नै भौतिक रुपमा आक्रमण भएपछि प्रतिकार र सुरक्षा कार्वाहीलाई प्रहरीले इन्काउण्टर भन्ने गरेको छ । प्रहरीले इन्काउन्टर प्रहरी संगठनभित्रको विश्वव्यापी मान्यता बताउने गरेको छ ।

गुण्डागर्दीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न भएर समाजमा त्रास फैलाउनेलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै गोली चलाउनेसम्मको गतिविधि हुँदा गरिने प्रहरीको जवाफी कार्बाहीलाई इन्टकाउण्टर भनिने गरिएको छ । प्रहरीको ‘इन्काउटर’ मा परी गुण्डा नाइके दिनेश अधिकारी चरी, अर्का गुण्डा नाइके कुमार घैंटे, मनोज पुन, सोम घले, लागूऔषध दुव्र्यसनी प्रविण खत्रीको मृत्यु भएको छ भने बाँकीलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ । मृत्यु भएका ४ जनाबाट प्रहरीले हतियार पनि बरामद गरेको छ । प्रहरीले गुण्डागर्दीबाट समाजलाई मुक्त गर्ने भन्दै विभिन्न समयमा इन्काउण्टरका घटना गर्ने गरेको छ । पछिल्लो समय गुण्डाका नाइकेहरु इन्काउण्टरमा पर्न थालेपछि केहि हच्किएका थिए । उनीहरुले अपराधको शैलीलाई परिवर्तन समेत गर्दै थप सुरक्षित बन्न खोजेको पाइएको थियो ।

पछिल्लो इन्काउण्टरको निशानामा मनोज पुन

प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके मनोज पुनलाई ११ राउण्ड गोली लागेको छ । बुधबार बिहान देवदह नगरपालिका–४ भवानीपुरमा चेकजाँचमा रहेका प्रहरीमाथि पुनले गोली चलाएपछि जवाफी कार्बाही गर्दा उनी मारिएको प्रहरीले जनाएको छ । पुनमाथि ११ राउण्ड गोली प्रहार भएको रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् ।
मनोजको छाती, दाइने खुट्टा, दाइने हात र पेटमा गरी ११ राउण्ड गोली गालेको जनाइएको छ । ‘लामो समयदेखि प्रहरीको मोसट वाण्टेड सूचीमा रहेका पुन सो क्षेत्रमा आएको खबर हामीलाई केन्द्रीय अनुन्धान ब्यूरोले दिएको थियो,’ एसपी ज्ञवालीले भने, ‘ब्यूरो र हाम्रो संयुक्त टोलीले उक्त क्षेत्रमा सर्च गर्ने क्रममा मोटरसाइकलमा आएका पुन र घलेले हामीमाथि नै गोली प्रहार गरेपछि जवाफी फायर गरिएको हो ।’ त्यसैगरी पुनसँगै इन्काउण्टरमा मारिएका अर्का सोम घलेलाई पनि शरीरका विभिन्न स्थानमा गरी ८ राउण्ड गोली प्रहार भएको छ ।

मनोज पुनले घटनाएका घटना

तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय श्रृङ्खलाबद्ध हत्याकाण्ड मच्चाउँदै आएका पुन भारतमा लुकेर बसेका थिए ।

उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली परिचालित भएको थियो । पुनसहित उनका सहयोगी सोम आले नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली समेत परिचालित भयो । त्यसक्रममा बुधबार बिहान करीब साढे ३ बजे प्रहरी र उनीहरुबीच देवदह–४, भवानीपुरमा जम्काभेट भयो । र, दोहोरो फायरिङ हुँदा उनीहरुको मृत्यु भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीको दाबी छ । झण्डै दुई वर्षअघिदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुन अण्डरवल्र्ड शैलीमा एकपछि अर्को आपराधिक घटना मच्चाउँदै व्यवसायीलाई धम्क्याएर असुली गरिरहेका थिए । उनी अन्डरवल्र्ड शैलीमा घटना लगत्तै प्रहरी वा सञ्चारकर्मीलाई फोन गरेर जिम्मेवारी लिन्थे ।

४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका मनोज पुनले २१ पुस ०७४ मा तिवारीका साथी बलु पौडेललाई गोली प्रहार गरे । पौडेल रुपन्देहीको देवदहका फर्निचर व्यवसायी थिए । उनले भारतमै बसेर रुपन्देहीका तिवारी र पौडेलको हत्या योजना बनाएका थिए । २३ असोज ०७४ मा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा समेत उनको संलग्नता रहेको प्रहरी बताउँछ । तिवारी र पौडेलको हत्या र अर्का एउटा हाइप्रोफाइल काण्डमा मुछिएपछि पुनले आफूलाई ठूलै आपराधिक सञ्जालको नाइकेको रुपमा प्रस्तुत गर्दै आएका थिए ।

भीमढुङ्गामा चरीमाथि पहिलो इन्काउन्टर

२०७१ साल साउन २१ गते प्रहरीले काठमाण्डौंको भीमढुङ्गामा गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई इन्काउन्टर ग¥यो । एमाले निकट गुण्डा नाइके चरीमाथि इन्काउण्टर हुँदा गृहमन्त्री एमालैकै उपाध्यक्ष वामदेव गौतम थिए । प्रहरीले चरीबाट पहिलो इन्काउण्टरको शुरुवात गरेका थियो ।

घरैमा घैंटेको इन्काउन्टर

२०७१ सालमा चरीमाथि प्रहरीले पहिलो इन्काउन्टर गरेको केही समय गुण्डाहरु निस्क्रिय बनेका थिए । भूमिगत अवस्थामा आफ्नो गुण्डा राजलाई प्रश्रय दिंदै आएको अवस्थामा प्रहरीले २०७२ साल भदौ ३ गते अर्का गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ आफ्नै घरमा इन्काउण्टरमा मारिए । ‘घैटे’ सामाखुसीलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए । महानगरीय अपराध महाशाखाको टोली घैटेलाई पक्राउ गर्न उनको घर कपुरधारा पुग्दा प्रहरीमाथि नै आक्रमण गरेका कारण प्रहरीले इन्काउण्टर गर्नु परेको बताइएको थियो ।

प्रवीण खत्रीमाथि अर्को इन्काउन्टर

ललितपुर कुसुन्तीका ३२ वर्षीय प्रवीण खत्री पनि प्रहरी इन्काउण्टरमा मारिएका थिए । प्रहरीका अनुसार खत्रीले गोली चलाएपछि जवाफी कार्बाही गरेको तर खत्रीले आफैंले कञ्चटमा गोली हानेको प्रहरीले दाबी गरेको छ । यता खत्रीका बुबा प्रमोद खत्री प्रहरी घरभित्रै प्रवेश गरेर प्रहरीले छोरालाई गोली हानिएको आरोप लगाउँछन् । आफन्तका अनुसार भाग्दै गर्दा प्रहरीले खत्रीको टाउकोमा गोली हानेको जनाइएको छ । खत्रीले १० वर्षदेखि लागूऔषध सेवन, कारोबार र हतियार कारोबार गर्दै आएको प्रहरीको दाबी छ ।

जसवन्त राईको इन्काउण्टर प्रयास

२०७३ साल असारमा गुण्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो । कालीमाटी तथा कंलकी क्षेत्रमा तरकारी पसलदेखि नाङ्ले व्यापारी र होटल–रेष्टुरेण्टमा हप्ता असुली गर्दै आएका राईलाई प्रहरीले खोजी गरिरहेको थियो । काठमाण्डौंको बुद्धनगरबाट पक्राउ गर्न खोज्दा प्रहरीमाथि रड प्रहार गरी भाग्न खोज्दा राईको खुट्टामा गोली हानिएको थियो ।

अपहरणमा परेकाको उद्धार गर्दा गोली हानाहान

२०७३ साल फागुनमा बौद्धबाट अपहरणमा परेका तीन जनाको उद्धार गर्न जाँदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको भयो । प्रहरीको गोली लागेर अपहरणमा संलग्न दुर्गा तामाङसहित चीन खवास र वीरबहादुर तामाङलाई महाशाखाको टोलीले नियन्त्रणमा लियो ।

कुख्यात चोरमाथि पनि इन्काउन्टर प्रयास

यस्तै काठमाण्डौं उपत्यकामा भएका श्रृंखलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका थापामगर र प्रहरीबीच पनि गोली हानाहान भयो । माघ ४ गते मध्यराति डिल्लीबजारस्थित गोलघरबाट भागेका थापामगर र प्रहरीबीच माग १३ गते चितवनको रामनगरमा मुठभेठ भएको थियो । प्रहरीको गोली लागेर ‘टीके डाका’ उपनामले चिनिले थापामगरको दाहिने खुट्टा र दाहिने हातमा गोली लागेको थियो । शुरुमा प्रहरी स्रोतले इन्काउण्टरमा मारिएको बताए पनि पछि घाइते भएको जनाएको थियो । पक्राउ गर्न खोज्दा वा आफूमाथि जाईलाग्दा प्रहरीले जवाफी कार्वाही गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ५ : ०७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै