२०८२, २२ जेष्ठ बिहीबार

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा तीन सदस्यीय मन्त्रीपरिषद गठन, काभ्रेमा खुशीयाली

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा तीन सदस्यीय मन्त्रीपरिषद गठन, काभ्रेमा खुशीयाली


काठमाडौं । एमाले संसदीय दलका नेता एवं नवनिर्वाचित प्रधानमन्त्री केपी शर्माओलीले सपथ ग्रहण समारोहमा दुईजना मन्त्रीलाई बनाउँदै आज फागुन ३ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेकी हुन् ।

साधारण जीवनशैलीका पर्याय पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित वातावरण मन्त्री भएका छन् भने थममाया थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । उता सरकारमा सहभागी संयुक्त वाम गठबन्धनको प्रमुख सहयात्री दल नेकपा माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएकौ छैन । माओवादी केन्द्रका एक उच्च नेताका अनुसार पार्टीभित्र छलफल भएको तर मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएको हो । मन्त्रालयको भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गरिने ती नेताले बताएका छन् । 

काभ्रेमा दिपावली

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुत्त भएसँगै देशभर युवा र विद्यार्थीहरुले संयुक्त रुपमा दीप प्रज्वलान गरी दिपावली मनाएका छन् ।

काभ्रेको बनेपास्थित चार दोबाटोमा पनि दीप प्रज्जलनसहित युवा विद्यार्थीहरुले खुशीयाली मनाउँदै नवनियुक्त केपी ओली सरकारलाई बधानई ज्ञापन गरेका छन् ।

प्रदेशसभाका सांसद चन्द्र लामाको नेतृत्वमा भएको दिपावली कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव नारायण पाण्डे, काभ्रेका मोर्चा विभाग प्रमुख कञ्चन अधिकारी, प्रेस चौतारीका उप– महासचिव हिरामान लामा, निर्वाचित वडा अध्यक्षहरु, विष्णु काभ्रेली, निराजन जंगम, युवा संघ काभ्रेका अध्यक्ष विक्रम चौलागाई, अनेरास्ववियुका अध्यक्ष नवराज ढकाल र उपेन्द्र शर्मा, बनेपा नगरका प्रमुख लक्ष्मीनर सिंह वादे, जिल्ला कमिटी सदस्यहरु हरिदेव गिरी, अनेरास्ववियुका केन्द्रीय सदस्य जेनिश लामा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७४, ३ फाल्गुन बिहीबार  ७ : २० बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक