२०८२, २८ असार शनिबार

वालुवा तस्करसँग नगरको साँठगाँठ, पाँचखाल नगरपालिकामा स्थानीयको तालाबन्दी,

वालुवा तस्करसँग नगरको साँठगाँठ, पाँचखाल नगरपालिकामा स्थानीयको तालाबन्दी,


पाँचखाल, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ का स्थानीय बासिन्दाले पाँचखाल नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आज विहान स्थानीय प्रकाश ब्लोनको नेतृत्वमा गएका डेढसयभन्दा बढी स्थानीय युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा नम्बर १३ को वरबोट, सेराबेसी र तिमालबेसी लगायतका स्थानबाट अवैध रुपमा रातारात बालुवा चोरी गर्ने क्रम नरोकिएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन् । सार्वजनिक प्राकृतिक स्रोतको दोहन गर्ने वालुवा तस्करहरुसँग पाँचखाल नगरापालिकाको बलियो साँठगाँठ रहेको स्थानीयले आरोप लगाएका छन् । तालाबन्दीपछि खबरघर अनलाईनसँगको फोन सम्वादमा भने– ‘करोडौं मूल्य बराबरको अवैध वालुवा निकासी भएको छ, तर त्यसको सत्यतथ्य हिसाबकिताब नै छैन ।’

विगत १ महिनादेखि बालुवा चोरी निकासी भइरहेको र यसबारे वडाध्यक्ष र नगरप्रमूखलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको भन्दै तालाबन्दी गर्न आफूहरु बाध्य हुनु परेको स्थानीय प्रकाश ब्लोनले बताए । तालाबन्दीमा सहभागीहरुलाई स्थानीय प्रहरीले लछारपछार गरेको बताइएको छ । अवैध रुपमा वालूवा चोरी निकासी गर्ने समुहलाई अप्रत्यक्ष रुपमा सघाएको नगरपालिकालाई सहयोग गर्न प्रहरीले हातपात गरेको सहभागी स्थानीयले बताएका छन् । उनीहरुकाअनुसार वालुवा निकासीमा नक्कली रसिदको प्रयोग भएको र यसमा प्रशासन र निर्वाचित प्रतिनिधिहरुको साँठगाँठ छ । 

तालाबन्दीसँगै स्थानीयहरुले नगरपालिकासँग विभिन्न ४ बुदेँ माग पत्र प्रस्तुत गरेका छन् । माग पत्रमा भूकम्पप्रभावितले लैजाने बालुवा कर खारेज गर्नुपर्ने, विगतमा वडामा भएका बेरुजु फस्र्यौट गर्न पहल गर्नुपर्ने र नगरले वडालाई अनाश्वयक रुपमा गर्ने गरेको हस्तक्षेप बन्द गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २०७४, २६ माघ शुक्रबार  १२ : ५२ बजे

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल

नाडा अटो शो २०२५ मा विशेष आकर्षण बन्दै ‘नामी ०६’, बेस्ट–सेलर बन्ने सम्भावना कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा ब्यापक चर्चा बटुलिरहेको चिनियाँ विद्युतीय

राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक