२०८३, २९ श्रावण शनिबार

वालुवा तस्करसँग नगरको साँठगाँठ, पाँचखाल नगरपालिकामा स्थानीयको तालाबन्दी,

वालुवा तस्करसँग नगरको साँठगाँठ, पाँचखाल नगरपालिकामा स्थानीयको तालाबन्दी,


पाँचखाल, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ का स्थानीय बासिन्दाले पाँचखाल नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आज विहान स्थानीय प्रकाश ब्लोनको नेतृत्वमा गएका डेढसयभन्दा बढी स्थानीय युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा नम्बर १३ को वरबोट, सेराबेसी र तिमालबेसी लगायतका स्थानबाट अवैध रुपमा रातारात बालुवा चोरी गर्ने क्रम नरोकिएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन् । सार्वजनिक प्राकृतिक स्रोतको दोहन गर्ने वालुवा तस्करहरुसँग पाँचखाल नगरापालिकाको बलियो साँठगाँठ रहेको स्थानीयले आरोप लगाएका छन् । तालाबन्दीपछि खबरघर अनलाईनसँगको फोन सम्वादमा भने– ‘करोडौं मूल्य बराबरको अवैध वालुवा निकासी भएको छ, तर त्यसको सत्यतथ्य हिसाबकिताब नै छैन ।’

विगत १ महिनादेखि बालुवा चोरी निकासी भइरहेको र यसबारे वडाध्यक्ष र नगरप्रमूखलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको भन्दै तालाबन्दी गर्न आफूहरु बाध्य हुनु परेको स्थानीय प्रकाश ब्लोनले बताए । तालाबन्दीमा सहभागीहरुलाई स्थानीय प्रहरीले लछारपछार गरेको बताइएको छ । अवैध रुपमा वालूवा चोरी निकासी गर्ने समुहलाई अप्रत्यक्ष रुपमा सघाएको नगरपालिकालाई सहयोग गर्न प्रहरीले हातपात गरेको सहभागी स्थानीयले बताएका छन् । उनीहरुकाअनुसार वालुवा निकासीमा नक्कली रसिदको प्रयोग भएको र यसमा प्रशासन र निर्वाचित प्रतिनिधिहरुको साँठगाँठ छ । 

तालाबन्दीसँगै स्थानीयहरुले नगरपालिकासँग विभिन्न ४ बुदेँ माग पत्र प्रस्तुत गरेका छन् । माग पत्रमा भूकम्पप्रभावितले लैजाने बालुवा कर खारेज गर्नुपर्ने, विगतमा वडामा भएका बेरुजु फस्र्यौट गर्न पहल गर्नुपर्ने र नगरले वडालाई अनाश्वयक रुपमा गर्ने गरेको हस्तक्षेप बन्द गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २०७४, २६ माघ शुक्रबार  १२ : ५२ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका