२०८२, १६ माघ शुक्रबार

ओली र प्रचण्डको एउटै स्वर : वाम गठबन्धनलाई कसैले तोड्न सक्दैन

ओली र प्रचण्डको एउटै स्वर : वाम गठबन्धनलाई कसैले तोड्न सक्दैन


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामगठबन्धनलाई कसैले तोड्न नसक्ने दाबी गरेका छन् । शनिबार एमाले उपाध्यक्ष बामदेव गौतमद्धारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक बिमोचनमा कार्यक्रममा दुई अध्यक्षले वाम गठबन्धनलाई भत्काउने प्रयास भइरहेको भए पनि त्यो सम्भव नहुने ठोकुवा गरेका हुन् ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको कांग्रेस वामगठबन्धन भत्काउन लागिपरेको बताए । जनताले मुलुकको समृद्धि लागि अभिभारा र हैसियत दुवै दललाई दिएको भन्दै अध्यक्ष ओलीले जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि जनमतको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वामगठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन प्रयाय भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि अनेक बहानाबाजी सत्ता लम्ब्याएर वाम गठबन्धन भत्काउन सकिन्छ कि भनेर लागिपरेको भन्दै अध्यक्ष ओलीले दुनियाको कुनै शक्तिले गठबन्धनलाई तोड्न नसक्ने बताए । उनले भने, ‘अब माओवादी र एमालेबीचको पार्टी एकतालाई कसैले बिथाल्न सक्दैन ।’ उनले केन्द्र र छ वटा प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने हुँदा काम गर्ने वातावरणसमेत बनेकाले यो अवसरलाई खेर जान नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामगठबन्धन तोड्ने अनेकखाले भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यो प्रयास कुनै पनि हालतमा सफल हुन नसक्ने बताए । उनले अहिलेको जनमत अनुसार नै वामगठबन्धनको सरकार भन्ने र त्यसले विकासमा फड्को मार्ने दाबी समेत गरे । उनले भने, ‘वामपन्थीको यो विजयले अब मुलुकलाई स्थायित्व र विकासतर्फ लैजानेछ ।’

प्रकाशित मिति : २०७४, १५ पुस शनिबार  ९ : १८ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम