२०८२, १५ मंसिर सोमबार

निर्वाचन कार्यालय काभ्रेको लापरवाहीका कारण आठहजार मत बदर

निर्वाचन कार्यालय काभ्रेको लापरवाहीका कारण आठहजार मत बदर


बनेपा / जिल्ला निर्वाचन कार्यालय काभ्रेको लापरवाहीका कारण मंसीर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ ८ हजार २९९ मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा ४ हजार ९९ मत बदर भएको हो ।
मतदाता शिक्षाको अभाव र मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए । पोखरेलका मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनौ, त्यस्तो त्रुटी धेरै देखिएको बताएका छन् ।  काभ्रेमा कुल २ लाख ७२ हजार २९२ मतदाता रहेको जिल्लामा १ लाख ९२ हजार ८७० मत खसेको थियो ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा १ लाख ३३ हजार ७७८ मतदाता रहेकोमा ९३ हजार ५४२ मत खसेको थियो भने प्रतिनिधिसभा क्षेत्र नं २ मा १ लाख ३८ हजार ५१८ मतदाता रहेकोमा ९९ हजार ३२८ मत खसेको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुइ र प्रदेश सभा चार रहेका छन् ।

निर्वाचन शिक्षा कार्यकर्ता र निर्वाचन शिक्षा स्वयमसेविका छनौटका क्रममा समेत निर्वाचन कार्यालयका कर्मचारीले राजनीतिकरण गरेको तथ्य खुल्न आएको छ । निर्वाचनका क्रममा खटिएको भन्दै कर्मचारी निकट आफन्त र केही राजनीतिक दलका कार्याकर्ताहरुहरुले घरमै बसी तलव भक्ता लिने गरेको निर्वाचन कार्यालयका एक कर्माचारीले बताएका छन् ।

प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार  ६ : ४३ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको