२०८२, १६ माघ शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन काभ्रेको अन्तिम नतिजा आयो, काभ्रेलाई वामपन्थीले बनाए लालकिल्ला

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन काभ्रेको अन्तिम नतिजा आयो, काभ्रेलाई वामपन्थीले बनाए लालकिल्ला


धुलिखेल, काभ्रे । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा काभ्रेली वामहरुले लालकिल्ला बनाउन सफल भएका छन् । प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै वाम गठबन्धनले लालकिल्ला बनाएको हो ।

काभ्रेको चुनावी मत परिणामअनुसार क्षेत्र नम्बर १ को प्रतिनिधिसभा वाम गठबन्धनका उम्मेदवार गंगाबहादर दोङ ‘वमध्वज’ले प्रतिष्पर्धी नेपाली कांग्रेसका तीर्थ लामालाई ४ हजार २६ मत अन्तरले पछि पार्दै विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दोङले खसेको कुल सदर मतमा ४३ हजार ६ सय ३१ प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उपविजेता तीर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा वाम गठबन्धनका नेकपा माओवादी केन्द्रकै तर्फबाट रत्न ढकाल २५ हजार १ सय ६ मतको भारी मत अन्तर ल्याएर विजयी बने भने उनका प्रतिष्पर्धी उपविजेता सीवी लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गरेका थिए । त्यसैगरी काभ्रे प्रतिनिधि सभा १ प्रदेश सभा २ मा पनि वाम गठबन्धन नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका चन्द्र लामाले २४ हजार ४ सय ४७ मत ल्याएर विजय हात पारे भने उनका प्रतिष्पर्धी उपविजेता नेपाली कांग्रेसका गणेश लामाले २० हजार २ सय ७० मत प्राप्त गरेका थिए ।


उता काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धन नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका गोकुल बास्कोटाले १७ हजार ८ सय ४८ को भारी मत अन्तरले प्रतिष्पर्धी नेपाली कांग्रेसका उपविजेता मधुप्रसाद आचार्यलाई पछि पार्दै विजयी बनेका छन् । विजयी वास्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरेका थिए भने उपविजेता कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए । त्यसैगरी काभ्रे क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा वाम गठबन्धन नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका लक्ष्मण लम्सालले पनि प्रतिष्पर्धी नेपाली कांग्रेसका सुन्दरमणि आचार्यलाई भारी मत अन्तरले पराजित गरेका छन् । लम्साल र आचार्यको मत अन्तर ११ हजार ३२ रहेको छ । विजयी उम्मेदवार लम्सालले २७ हजार ६ सय २१ मत प्राप्त गरेका थिए भने उपविजेता आचार्यले १६ हजार ५ सय ८९ मत पाएका थिए । त्यसैगरी क्षेत्र नम्बर २ प्रदेशसभा २ मा पनि वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बसुन्धरा हुमागाई विजयी भएका छन् । प्रतिष्पर्धी उपविजेता नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेलाई हुमागाईले ६ हजार ८ सय ९७ मत अन्तरले पराजित गरेका थिए । विजेता हुमागाईले २८ हजार ६ सय ७७ मत ल्याएका थिए भने उपविजेता बादेले २१ हजार ७ सय ८० मत प्राप्त गरेका थिए ।

यसैबीच निर्वाचन परिणाम आउनुअघि नै मुख्य प्रतिष्पर्धामा रहेको नेपाली कांग्रेस काभ्रेको निर्वाचन परिचालन कमिटीका संयोजक शिवप्रसाद हुमागाईले पत्रकार सम्मेलनको आयोजना गरी मतदातालाई धन्यवाद र विजेता वाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई ज्ञापन गर्दै शान्ति र समृद्ध काभ्रेका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न सुझाएका छन् । पराजयलाई स्वीकार गर्दै नपाली कांग्रेसले राजनीतिक संस्कार देखाउँदै विजेता वाम गठबन्धनलाई बधाई ज्ञापन गरेको हो ।

प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार  १२ : ३६ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम