२०८२, २ कार्तिक शनिबार

अशोक राईको लज्जास्पद पराजय

अशोक राईको लज्जास्पद पराजय


सुनसरी/संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले लज्जास्पद हार ब्यहोरेका छन् । नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार बनेका राई सुनसरी क्षेत्र नम्बर १ मा लज्जास्पद पराजय भोगेका हुन् ।

राईलाई एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित गरे । एमालेका जयकुमार राई ४४ हजार ५२८ मत सहित बिजयी हुदाँ अशोक राईले २२ हजार १२३ मात्रै मत प्राप्त गरे । एमालेको उपाध्यक्ष पद छाडेर जातीय पहिचानको लागि संघीय समाजवादी पार्टी खोलेका अशोक राई २०७० मा समानुपातिकबाट सांसद बनेका थिए ।

उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमसँग एकता गरेर बरिष्ठ नेता बनेका राईको पराजयसँगै पहाडबाट फोरमले कुनै पनि क्षेत्रमा चुनाव जित्ने सम्भावना सकिएको छ । कांग्रेसकै समर्थनमा भोजपुर ‘क’ बाट प्रदेशसभा उम्मेदवार बनेका फोरमका उपमहासचिव अजम्बर काङवाङ पनि एमालेका राजेन्द्र राईसँग पराजित भइसकेका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ९ : ५९ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी