२०८२, २० चैत्र शनिबार

अहिलेसम्म बाम गठबन्धनले क्लिनस्विप गरेका जिल्ला

अहिलेसम्म बाम गठबन्धनले क्लिनस्विप गरेका जिल्ला


काठमाण्डौ/प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिमाण धमाधम आइरहेका छन् । परिणाम आएका अधिकांश ठाउँमा बाम गठबन्धन विजयी भएका छन् । मत गणना भएको ठाउँमा पनि बाम गठबन्धन निकै अगाडी देखिन्छ ।
यी हुन् बाम गठबन्धनले क्लिनस्विप गरेका जिल्ला

दोलखा

अहिलेसम्मको मत परिणाम अनुसार दोलखामा सबैभन्दा बढी मतान्तर सहित बाम गठबन्धनका पार्वत गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ ।
त्यसैगरी दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् ।
दोलखा प्रदेशसभा २ मा पशुपति चौलागाईले २३ हजार ५८ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धि केशवराज चौलागाईले १० हजार ८ सय ८० मत पाएका छन् ।

धादिङ
धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले क्लिनस्वीप पारेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएर विजयी भएका छन् । त्रिपाठीका निकटतम प्रतिस्पर्धी विश्व अर्यालले २१ हजार ९ सय ६८ मत ल्याएका छन् । भूमिले विश्वलाई त्रिपाठीले २७ हजार १ सय ५३ मतान्तरले हराए ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका खेमप्रसाद लोहनीले ३६ हजार २ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलमान पाख्रिनले ३५ हजार ६ सय १४ मत ल्याएका थिए ।

प्रदेशसभाका चारवटै सिटमा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले हराएका हुन् ।

क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याएका थिए । जमरकट्टेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका डा. रामकुमार अधिकारी २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । कांग्रेसको समेत समर्थन पाएका तामाङ र एमालेको समर्थन पाएका सिंखडाको मतान्तर १ हजार ८ सय ३१ छ ।

जाजरकोट
जाजरकोटका प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले विजयी भएका छन् । बस्नेतले ३२ हजार २८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरे । प्रदेश (ख) मा वाम गठबन्धनकै एमालेका करबीर शाही १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेर पराजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

दार्चुला
दार्चुलाको एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यमा जीत्दै क्लिनस्विप गरेको छ । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाएका छन् ।
त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर ‘क’मा नेकपा एमालेका गेल्बुसिंह बोहरा १६ हजार ५३ मतका साथ विजयी भएका छन् । कांग्रेस उम्मेदवार मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर ‘ख’मा पनि वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर धामी ‘सन्तोष’ १२ हजार ९ सय ५६ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी कांग्रेस उम्मेदवार जगदीश बहादुर पालले ९ हजार ५ सय ७५ मत पाए ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  २ : १९ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।