२०८२, ९ मंसिर मंगलबार

बनेपा बुडोलमा दुई राउण्ड हवाई फायर, बामको गाडी माथि तोडफोड

बनेपा बुडोलमा दुई राउण्ड हवाई फायर, बामको गाडी माथि तोडफोड


काठमाण्डौ/बनेपालको बुडोलमा गएराति काँग्रेसका कर्ताले बामगठबन्धनका कार्यकर्ता चढेको गाडीमा अन्धधुन्द आक्रमण गरेका छन् । आक्रमणबाट बा २ च ९०४२ नम्बरको गाडीमा क्षति पुगेको छ । उक्त गाडीमा बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचिता नन्द केसी, वडासदस्य कृष्णमणि कुईकेल त्यस्तै भेषराज शाह र सूर्य केसी सवार थिए । आक्रमणबाट गाडीको सिसा फुटेको छ । उनीहरुले गाडीमा ढुंगामुढा गर्नुका साथै आगजनीको प्रयास समेत गरेका थिए ।

बुडोलको भत्केश्वर मन्दिर नजिकै रहेको श्याम श्रेष्ठका घरमा मदिरा सेवन गरी बनेका काँग्रेस कार्यकर्ताहरु सुरेश रिमाल, राजु मानन्धर, रोहित कोइराला लगायत बाम गठबन्धनका गाडी माथि अन्धधुन्ध आक्रमण गरेका वडा सदस्य कुईकेलले जानकारी दिए । घटनालाई नियन्त्रणमा लिन बनेपा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । काँग्रेसको आक्रमणमा परि बेनी पाण्डे घाइते भएका छन् । साथै उनको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

प्रहरीले काँग्रेस कार्यकर्ताको बा ३२ प ७३९ नम्बरको पल्सर मोटरसाकल र अर्को नम्बर प्लेट नभएको स्कुटर नियन्त्रणमा लिएको छ । “मेरो गाडी चुनावी प्रचारप्रसारमा हिडेदेखि नै उनीहरुले निसाना बनाइरहेका थिए, कुईकलले भने “उनीहरुको आक्रमण शैलीले पनि पुष्टि गर्छ कि, उनीहरु ठूलै अप्रिय घटनाको योजनामा थिए ।”

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ६ : ३९ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा