२०८२, १० मंसिर बुधबार

काभ्रेको माझिफेदामा वामगठबन्धनको विशाल चुनावी सभा, नेपाली काँग्रेसका दावा लामा सहित सयौं कार्यकर्ता वाम गठबन्धनमा प्रवेश

काभ्रेको माझिफेदामा वामगठबन्धनको विशाल चुनावी सभा, नेपाली काँग्रेसका दावा लामा सहित सयौं कार्यकर्ता वाम गठबन्धनमा प्रवेश


कोशिपारी । काभ्रेको कोशिपारी माझिफेदामा वाम गठबन्धनको विशाल चुनावी सभा सम्पन्न भएको छ । शनिबार भएको सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्नि सापकोटाले नेपाली काँग्रेस यथास्थीतिवादी पार्टी भएकाले श्रमजीवि वर्गको हित गर्न नसक्ने बताएका छन् । उनले भने यो कोशिपारी क्षेत्र कम्युनिष्टहरुको लाल किल्ला भएकाले आगमी २१ गतेपछि काँग्रेसहरुको दादागिरी समाप्त हुने बताएका थिए ।

सभालई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द पोखरेलले नेपाली काग्रेसले मुलुकमा २२ वर्ष राज्यसत्ता संचालन गर्दा नेपालका सबैजसो उद्योगहरु बन्द गर्ने नदीनाला बेच्ने गरेको उल्लेख गर्दै अवको रज्यसत्ता कम्युनिष्टहरुले संचालन गर्नुपर्ने बताए । सभामा प्रतिनिधी सभा क्षेत्र नं १ वामगठबन्धनका साझा उमेदवार बम ध्वज लामाले कोशिपारीलाई नेपालकै नमुना पर्यटकिय क्षेत्रको रुपमा विकास गराउने बताएका थिए । उनले सम्बोधनकै क्रममा भने कोशीपारीलाई जोड्ने मोटरबाटोको तत्काल स्तरउन्नती गर्न पहल गर्ने बताउर्दै आफु निर्वाचित भएपछि पाँच वर्ष भित्र कोशीपारीलाई सवल र समृद्ध बनाउने योजना समेत प्रस्तुत गरेका थिए ।

यसैगरी प्रतिनिधी सभामा क्षेत्र नं १ प्रदेश सभा १ का उमेदवार रत्न ढकालले वामपन्थीहरुको एकता देखेर काँग्रेसहरु अत्तालिएर कोशिपारीमा आतंक मच्याउने कोशिस गरिरहेको बताउदै वाम यूवाहरुलाई प्रतिकार गर्न समेत अनुरोध गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरी कोशीपारी भेगका सयौ वामगठबन्धनमा प्रवेश भएका छन् ।

प्रवेश हुनेहरुमा नेपाल विद्यार्थी संघका क्षेत्रिय सदस्य अमल लामा,दावा लमा रोज मोक्तन, खेलबहादुर मोक्तान, निश्चल मोक्तान च्याङबा, अन्जन लामा, विकास लामा, अनिल लामा, पेमादोर्जे लामा र शम्सेर लामा लगायत रहेका छन् । नव प्रवेसीहरुलाई अग्नि सापकोटा र आनन्द पाखरेलले टिका तथा माला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार  ९ : ४२ बजे

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते