२०८२, ११ कार्तिक सोमबार

स्याङजामा ओलीको भावुक सम्बोधन– म भित्र जनताले दिएको किड्नी छ, जनताको सेवामै जीवन विताउँछु

स्याङजामा ओलीको भावुक सम्बोधन– म भित्र जनताले दिएको किड्नी छ, जनताको सेवामै जीवन विताउँछु


स्याङजा/ एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नहुने वताउनुभएको छ । स्याङजाको पुतलीवजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट पार्टीको सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला कांग्रेसले चलाएको भन्दै पटक पटक बहुमत ल्याएर कांग्रेसले के गर्यो भन्ने प्रश्न गर्नुभयो ।

‘पहिले कम्युनिस्टको सरकार आए बूढाबूढीलाई गोली हानेर ढाल्दिन्छ भन्ने हल्ला चलायो कांग्रेसले । अहिले बृद्धबृद्धाहरु मासिक ५ हजारको गोली खाइरहेका छन्’ ओलीले भन्नुभयो, ‘अव त्यो पुरानो कुरा भनेर जनताले पत्याउँदैनन्, कम्युनिस्ट सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला चलाएर हिंडेका छन् ।’
ओलीले आफूहरुले अवको चुनावबाट कम्युनिस्ट पार्टीको सरकार बनाउनै खोजेको स्पष्ट पार्नुभयो । ‘हो हामी अव कम्युनिस्टको सरकार बनाउँछौं, जनताको सेवा गर्छाैं, देशको विकास गर्छाैं’ ओलीको प्रश्न थियो, ‘कांग्रेसले पटक पटक बहुमत ल्याएर के गर्यो ?’ आफू मिर्गाैलाको विरामी भएको वताउँदै ओलीले शरीरभित्र जनताको मिर्गाैला राखिएको र त्यसले जनताको सेवामा आफ्नो जीवन समर्पित गर्न प्रेरणा दिएको वताउनुभयो ।

‘म भित्र जनताले दिएको किड्नी छ, मैले पाएको यो जिन्दगी जनताको सेवामा लगाउँछु’ ओलीको भनाई थियो, ‘खान नपाएर जनता भोकै बस्ने अवस्था अन्त्य गर्छु, लाउन नपाएर नाङ्गै बस्नु पर्ने अवस्था अन्त्य गर्छु, न्याय नपाएर अन्यायमा पिल्सिने अवस्था अन्त्य गर्छु, विकास नभएर दुःख पाउने अवस्था अन्त्य गर्छु ।’ ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नभएर जनताको सरकार हुने वताउनुभयो ।

‘अव मंसिरमा बन्ने सरकार अहिलेको जस्तो कमिशनखोर र नाफाखोर सरकार हुँदैन, त्यो जनताको सरकार हुन्छ’ ओलीले भन्नुभयो, ‘हामीले यहाँ पेट्रोलखानी पत्ता लगाएका छौं, पेट्रोल निकाल्छौं, फलामखानीबाट फलाम निकाल्छौं, रेल ल्याउँछौं, यहाँका उत्पादनलाई विदेशका वजारमा पुर्याउँछौं र समृद्ध हुन्छौं ।’

उहाँले एमाले र माओवादीबीच अहिले चुनावी तालमेल मात्र गरिएकाले फरक फरक चुनाव चिन्ह लिएर चुनावमा जानु परेको वताउँदै दुवै पार्टीका शुभचिन्तकले एउटै पार्टीको रुपमा मतदान गर्न आव्हान गर्नुभयो । ‘अहिले प्राविधिक कारणले अलग पार्टीको उम्मेदवार भए पनि दुई महिनापछि पार्टी एउटै हुन्छ, सांसद एउटै पार्टीको हुन्छ’ ओलीको भनाई थियो, ‘एमाले र माओवादीमा कुन पार्टीको हो हेर्नु पर्दैन, साझा उम्मेदवार सबैलाई जिताउँ ।’
ओलीको भावुक सम्बोधन– म भित्र जनताले दिएको किड्नी छ, जनताको सेवामै जीवन विताउँछु

स्याङजा, ३० कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नहुने वताउनुभएको छ । स्याङजाको पुतलीवजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट पार्टीको सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला कांग्रेसले चलाएको भन्दै पटक पटक बहुमत ल्याएर कांग्रेसले के गर्यो भन्ने प्रश्न गर्नुभयो ।

‘पहिले कम्युनिस्टको सरकार आए बूढाबूढीलाई गोली हानेर ढाल्दिन्छ भन्ने हल्ला चलायो कांग्रेसले । अहिले बृद्धबृद्धाहरु मासिक ५ हजारको गोली खाइरहेका छन्’ ओलीले भन्नुभयो, ‘अव त्यो पुरानो कुरा भनेर जनताले पत्याउँदैनन्, कम्युनिस्ट सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला चलाएर हिंडेका छन् ।’
ओलीले आफूहरुले अवको चुनावबाट कम्युनिस्ट पार्टीको सरकार बनाउनै खोजेको स्पष्ट पार्नुभयो । ‘हो हामी अव कम्युनिस्टको सरकार बनाउँछौं, जनताको सेवा गर्छौं, देशको विकास गर्छौं’ ओलीको प्रश्न थियो, ‘कांग्रेसले पटक पटक बहुमत ल्याएर के गर्यो रु’ आफू मिर्गौलाको विरामी भएको वताउँदै ओलीले शरीरभित्र जनताको मिर्गौला राखिएको र त्यसले जनताको सेवामा आफ्नो जीवन समर्पित गर्न प्रेरणा दिएको वताउनुभयो ।

‘म भित्र जनताले दिएको किड्नी छ, मैले पाएको यो जिन्दगी जनताको सेवामा लगाउँछु’ ओलीको भनाई थियो, ‘खान नपाएर जनता भोकै बस्ने अवस्था अन्त्य गर्छु, लाउन नपाएर नाङ्गै बस्नु पर्ने अवस्था अन्त्य गर्छु, न्याय नपाएर अन्यायमा पिल्सिने अवस्था अन्त्य गर्छु, विकास नभएर दुःख पाउने अवस्था अन्त्य गर्छु ।’ ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नभएर जनताको सरकार हुने वताउनुभयो ।

‘अव मंसिरमा बन्ने सरकार अहिलेको जस्तो कमिशनखोर र नाफाखोर सरकार हुँदैन, त्यो जनताको सरकार हुन्छ’ ओलीले भन्नुभयो, ‘हामीले यहाँ पेट्रोलखानी पत्ता लगाएका छौं, पेट्रोल निकाल्छौं, फलामखानीबाट फलाम निकाल्छौं, रेल ल्याउँछौं, यहाँका उत्पादनलाई विदेशका वजारमा पुर्याउँछौं र समृद्ध हुन्छौं ।’

उहाँले एमाले र माओवादीबीच अहिले चुनावी तालमेल मात्र गरिएकाले फरक फरक चुनाव चिन्ह लिएर चुनावमा जानु परेको वताउँदै दुवै पार्टीका शुभचिन्तकले एउटै पार्टीको रुपमा मतदान गर्न आव्हान गर्नुभयो । ‘अहिले प्राविधिक कारणले अलग पार्टीको उम्मेदवार भए पनि दुई महिनापछि पार्टी एउटै हुन्छ, सांसद एउटै पार्टीको हुन्छ’ ओलीको भनाई थियो, ‘एमाले र माओवादीमा कुन पार्टीको हो हेर्नु पर्दैन, साझा उम्मेदवार सबैलाई जिताउँ ।’

प्रकाशित मिति : २०७४, ३० कार्तिक बिहीबार  ८ : ५७ बजे

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई

छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन् -सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर

काठमाडौं । देशका अग्रणी वाणिज्य बैंकमध्ये एक प्रभु बैंक लिमिटेडले

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना

काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान