२०८२, २ चैत्र मंगलबार

अर्काको सहयोग लिएर गोप्य मतदान गर्न पाएनौ : अध्यक्ष पोखरेल अशक्तहरुलाई मतदानमा सुविधा दिन सकिएन : प्रमुख आयुक्त

अर्काको सहयोग लिएर गोप्य मतदान गर्न पाएनौ : अध्यक्ष पोखरेल अशक्तहरुलाई मतदानमा सुविधा दिन सकिएन : प्रमुख आयुक्त


बनेपा । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचनको विधि र प्रक्रियामा नेपालीहरु पछि परेका कारण अशक्त र अपाङ्गता भएकाहरुका लागि भनेजस्तो सुविधा र ब्यवस्था मिलाउन नसकेको बताएका छन् ।

आज काभ्रेको धुलिखेलमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ को लागि दृष्टिविहीन नागरिकसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले प्रविधिको विकास गर्दै जाने बताए । ‘हामीले यस बर्ष नै प्रविधिको प्रयोग गरी नेत्रहिन नागरिकको लागि मेसिनको प्रयोग गरेर मदातान गरौं भन्नेमा थियौं, तर निर्वाचनको लागि दवावमा भएकाले त्यस कार्यलाई पूर्णता दिन सकिएन ।’–उनले भने । २०७४ को निर्वाचन ज्यादै दवावमा भएकाले मेसिनको प्रयोग गर्न नसकेको उनको भनाई छ । स्थानीय तहको निर्वाचन एक चरणमा गर्न सकेको भए पर्याप्त समय भएको बताउँदै स्थानीय तहलको निर्वाचनको मिति सारेको सारेकै गरेका कारण ६ महिनासम्म निर्वाचनको ब्यवस्थापन गर्नमा नै समय लागेको बताए ।

प्रमुख आयुक्त यादवले भने ‘त्यसले गर्दा प्रविधितिर फड्को मार्न सकेनौं र परम्परागत रुपमा प्रयोग गर्ने मतपत्रलाई जनकशिक्षा सामग्री केन्द्रमा नै छापेको मतपत्र प्रयोग गरेर मतदान गर्न बाध्य भयौं ।’ त्यसकारण पनि नियमावली र निर्देशिकामा उल्लेख गरे अनुसार अशक्त मतदाताको लागि छुट्टै मतदान गर्ने ब्यवस्था गरेको उनको भनाई छ । राष्ट्रिय निर्वाचन ऐतिहासिक निर्वाचन भएको र संविधान कार्यान्वयनको लागि पनि यो निर्वाचन भईरहेको कारणले गर्दा यसलाई महत्वका साथ लिन प्रमुख निर्वाचन आयाुक्त यादवले सहभागिहरुलाई आग्रह गरे । दृष्टिविहीनहरुका लागि गोप्य मतदान गर्न पाउने अवस्थालाई सुनिश्चित गर्न नपाएकोमा निर्वाचन आयोग दुखी रहेको उल्लेख गर्दै त्यसको लागि मतदाता नामावलीमा नाम भएका एकाघरको प्रतिनिधिलाई साथ लिएर वा मतदान अधिकृतको साथ लिएर मतदान गर्न सक्ने उनले बताए ।

पेपर ब्यालेटमा आएपछि अरुमाथि पनि विश्वास गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले त्यसमा निर्वाचनलाई स्वच्छ बनाउन लाग्नुपर्ने उनको भनाई थियो । आयोगको विवरण अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि नेत्रहिन मतदाताहरु १६ हजार ४ सय ७८ जना मात्रै रहेका छन् ।  कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय अध्यक्ष रमेश पोख्रेलले अर्काको सहयोग लिएर मतदान गर्नुपर्दा आफ्नो गोप्य मतदानको सुनिश्चितता गर्न नपाएको दुखेसो पोखे । ‘हामी अर्काको सहयोग लिएर गोप्य मतदान गर्न पाएनौ, त्यसको सुनिश्चितता आयोग र नेपाल सरकारले गरोस् ।’ पोख्रेलले भने, ‘त्यसरी मतदान गर्नेहरुको संख्या नेपाल सकारले र निर्वाचन आयोगले यथार्थ विवरण लिन सकेको छैन ।’ त्यो कुरा नेपाल सरकार र निर्वाचन आयोगलाई थाहा हुनुपर्ने उनको भनाई छ ।

त्यसमा बजेट ब्यवस्थापन नगरेका कारण यथार्थ विवरण आउन नसकेको उनको भनाई छ । सो अवसरमा बोल्दै पोख्रेलले अबको ५ बर्ष भित्रमा दृष्टिविहीनहरु आफै मतदान गर्न सक्षम बनाउन समेत आग्रह गरेका छन् । मंगलबार सम्पन्न हुने तालिम तथा अन्तक्र्रियामा ६९ वटा जिल्लाबाट ८२ जनाको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २०७४, २९ कार्तिक बुधबार  ११ : ५३ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका