२०८३, ३० असार बुधबार

काभ्रेमा गठबन्धनको चुनावी प्रचारप्रसार तिब्र

काभ्रेमा गठबन्धनको चुनावी प्रचारप्रसार तिब्र


धुलिखेल/जिल्लामा दलहरुले चुनावी प्रचारप्रसारलाई निकै तिब्र बनाएका छन् । बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर एक प्रतिनिधिसभाका उम्मेदवार गंगा बहादुर दोङ र प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामा विहीबारदेखि जिल्लाको विकट डाँडापारी क्षेत्रको घरदैलो चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनका क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार तीर्थ लामा र प्रदेशसभाका उम्मेदवार सीबि लामा सहितको टोली शनिबार डाडाँपारी हिडेको नेपाली काँग्रेसका क्षत्रीय सभापति रमेश हुमागाईले जानकारी दिए । उक्त टोलीले ३० कात्र्तिकसम्म साविकको १० वटा गाविसमा चुवानी सभा गर्ने छ । टोलीमा निर्वाचन प्रचारप्रसार मुल समितिका संयोजक एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्य र गणेश लामा पनि डाँडापारी पुगेर घर दैलो कार्यक्रममा सहभागि हुने हुमागाईले बताए ।

जिल्ल्लाको कोशीपारी, रोशी, तेमाल लगायत ६ नगरपालिका र ७ गाउँपालिकामा बाम गठबन्धनले संयुक्त भेला सकाई सकेको बाम पत्रकार गठबन्धन प्रचारप्रसार समितिका संयोजक हिरामान लामाले जानकारी दिए । लोकतान्त्रिक गठबन्धनले पनि पहिलो चरण अन्तर्गत सबै नगरपालिका र गाउँपालिकाहरुमा चुनावी प्रचारप्रसार सकाएको छ । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा विभिन्न दल र स्वतन्त्र सहित प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा १५ जना, प्रदेशसभा (क) ७ र (ख) मा १० जना उम्मेवार छन् । त्यस्तै प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर २ मा ११ जना, प्रदेशसभा (क) ५ (ख) र मा ८ जना गरी ५८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मूख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी तिलक कार्कीले जानकारी दिए । तर प्रतिस्पर्धा भने काँग्रेस नेतृत्वको लोकतान्त्रिक र एमाले नेतृत्वको बाम गठबन्धन बीच हुने देखिएको छ ।

गाउँपुगेका उम्मेदवारहरुले मतदाता माज काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने देखि विकास निर्माणका ठूल ठूला सपना बाडीरहेका छन् । २०७० सालमा निर्वाचित भएका मध्ये तीर्थ लामामात्रै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार छन् । भने लोकतान्त्रिक गठबन्धनकै प्रतिनिधिसभा २ (ख) बाट पूर्व उद्योग राज्यमन्त्री एवं सांसद कञ्चन चन्द्र बादे प्रदेशसभाको प्रतिस्पर्धामा छन् । बाम गठबन्धनबाट भने यसअघि निर्वाचित कोहि पनि उम्मेदवार बनेका छैनन् ।

यसअघि जितेर यो पटक पनि उम्मेदवार बनेकाले पहिले गरेको काम सुनाई रहेका छन भने अरुले भावी कार्ययोजना मतदातालाई भनिरहेका छन् । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा १ का उम्मेवार गोकुल बास्कोटाले सुनकोशी जलविद्यूत र इन्द्रवाती जलशय युक्त जलविद्यूत आयोजनालाई मूख्य प्राथमिकतामा राखेर मतदाता माझ पुगिरहेका छन् ।

 

प्रकाशित मिति : २०७४, २६ कार्तिक आईतबार  १ : १४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै