२०८२, १५ फाल्गुन शुक्रबार

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

खबरघर
141
Shares

काठमाडौं । नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ ।

९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले अनलाइनखबरलार्इ जानकारी दियो ।

पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका थिए । बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । स्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ ।

१९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।

प्रधानमन्त्रीका रुपमा बालुवाटारस्थित सरकारी निवास प्रयोग गर्ने उनी पहिलो नेता थिए ।

परिवार स्रोतका अनुसार आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टी गर्न लागिएको परिवारस्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  २ : २८ बजे

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

चुनावबारे संशय सिर्जना गर्न खोजिएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापा ले आगामी

रुपन्देही-२ मा विष्णु पौडेलको लहर : जेनजीदेखि जेष्ठसम्मको साथ, घरदैलोमा उत्साह

बुटवल । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा चुनावी गतिविधि

शंकर पोखरेल को संकल्प पत्र सार्वजनिक : ‘पाँच वर्ष-पाँच क्रान्ति’

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा दाङ

घरदैलो पछि सिन्धुलीमा एमाले उमेदवार उत्साहित

सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा