२०८२, २२ चैत्र सोमबार

वर्षमान पुनको गाडीमा हमला, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ

वर्षमान पुनको गाडीमा हमला, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ


रोल्पा /रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको दाबी पुनले गरेका छन् ।

विस्फोटका कारण गाडीमा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको पुनले जानकारी दिए । विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको स्रोतले बतायो ।

वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती पनि थिइन् । गाडीमा रोल्पा २ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि थिए । एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपातिक उम्मेदवार ईश्वरी घर्ती एउटै टाेलीमा भए पनि छुट्टै गाडीमा थिए । विस्फोटनको घटनालगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी नेता पुनलाई टेलिफोन गरेर घटनाको स्थितिबारे सोधेका थिए । शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  १ : १४ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको