२०८२, २ असार सोमबार

काग्रेसले हरेक बुथमा तरुण दल तैनाथ गर्ने

काग्रेसले हरेक बुथमा तरुण दल तैनाथ गर्ने


 

काठमाडौँसर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले विहिबार बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि र तरुण दल खटाउने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय सानेपामा विहिबार बसेको निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा कार्यकर्ताको परिचालन, समन्वय, जनसम्पर्क र निर्वाचन क्षेत्रको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउनसमेत निर्देशन दिएको छ ।  समिति संयोजक बालकृष्ण खाँडको अध्यक्षतामा बसेको बैठकल पार्टीका सबै सदस्य, भ्रातृ संगठन एवं शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यका साथै लोकतन्त्रवादी सबैलाई काँग्रेसका उम्मेदवारलाई विजयी गराउने अभियानमा सरिक हुन पनि आह्वान गरेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर निर्वाचन क्षेत्रमा घोषणापत्र सहित प्रचारप्रसार सामग्री केन्द्रबाट निर्वाचन क्षेत्रमा नै पर्याप्त संख्यामा पु¥याउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २०७४, २३ कार्तिक बिहीबार  १० : १३ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार