२०८३, २६ आश्विन मंगलबार

काग्रेसले हरेक बुथमा तरुण दल तैनाथ गर्ने

काग्रेसले हरेक बुथमा तरुण दल तैनाथ गर्ने


 

काठमाडौँसर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले विहिबार बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि र तरुण दल खटाउने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय सानेपामा विहिबार बसेको निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा कार्यकर्ताको परिचालन, समन्वय, जनसम्पर्क र निर्वाचन क्षेत्रको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउनसमेत निर्देशन दिएको छ ।  समिति संयोजक बालकृष्ण खाँडको अध्यक्षतामा बसेको बैठकल पार्टीका सबै सदस्य, भ्रातृ संगठन एवं शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यका साथै लोकतन्त्रवादी सबैलाई काँग्रेसका उम्मेदवारलाई विजयी गराउने अभियानमा सरिक हुन पनि आह्वान गरेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर निर्वाचन क्षेत्रमा घोषणापत्र सहित प्रचारप्रसार सामग्री केन्द्रबाट निर्वाचन क्षेत्रमा नै पर्याप्त संख्यामा पु¥याउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २०७४, २३ कार्तिक बिहीबार  १० : १३ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल