२०८१, ६ मंसिर बिहीबार

जनताको प्रिय रत्न ढकाल हिरासत र जेलमा पनि झुक्दैन थिए

जनताको प्रिय रत्न ढकाल हिरासत र जेलमा पनि झुक्दैन थिए


विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् रत्न ढकाल । नेपाली बुर्जुवा शैक्षिक प्रणालीको जव विकास हुँदै गयो त्यसको विरुद्धमा अघि बढेको विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पु¥याउन रत्न ढकाल एक अभिचल योद्धको रुपमा परिचित छ विद्यार्थी आन्दोलनमा ।
नेपालको शैक्षिक समस्या वर्गीय समस्या भित्रको एक अंश अझ भनौं अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका ढकाल वर्ग मुक्ति आन्दोलनको बाटोमा निरन्तर लम्किरहे । तत्कालीन नेकपा –माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनी सामेल भए । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा मुलुक अघि बढिरहेको अवस्थामा होस् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा उनी सधंै चिन्ता गर्ने व्यक्तित्व हुन् ढकाल । भारतीय शासकहरुले नेपाल भूमिमा परेड खेल्दा सिमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झाण्डा फहराएका ढकाल राष्ट्रिय स्वाधिनताको पक्षमा सधैं अग्रपंक्तिमा देखिन्छ ।
पारिवारिक अवस्था
ढकालको जन्म २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा बुबा शिवप्रसाद ढकाल र आमा रुकुमाया ढकालको कोखबाट भएको थियो । निम्न मध्यम वर्गमा जन्मेका ढकालको ५ वटी बहिनी र २ वटा भाईहरु रहेका छन् । भने श्रीमति मेनुका घिमिरे र २ छोरी रहेका छन् ।
विद्यार्थी आन्दोलनमा १८ वर्ष
नेपाली कम्युनिष्ट आन्दोलन भित्र देखा परेको फूट परस्त मानसिकताका कारण विद्यार्थी आन्दोलनमा पनि त्यो खालको फूट परस्त मानसिकताको जन्म हुनु स्वभाविकै हो । जति संख्यामा नेपालका कम्युनिष्ट पार्टीहरु विभाजित भए त्यति नै संख्यामा विद्यार्थी संगठनहरु पनि विभाजित भएको देखिन्छ । त्यसै क्रममा विद्यार्थी आन्दोलनको एक सक्षम र कुशल नेतृत्वको रुपमा ढकाल अघि बढेको देखिन्छ ।
ग्रामिण क्षेत्रमा जन्मेका एक किसान परिवारको सदस्य ढकाल सानै उमेरदेखि विद्यार्थी संगठनमा संगठित भएका थिए । आफ्नो गाउँका माओवादी नेताहरु यान प्रसाद गौतम, तीर्थ गौतम, नविन गौतम, दिनानाथ गौतम लगायतकाबाट राजनीतिक प्रभावमा परेका ढकालले समाजमा रहेको हरेक विभेद र अन्याय अत्याचार देखेका थिए । त्यहीं अनुसार उनलाई संगठीत हुने रहर जागिरहेको थियो । विद्रोही स्वभागको विकास क्रमश हुँदै थियो ।
त्यतिखेर नै ढकाल २०५० सालमा तत्कालीन ने.क.पा. (एकता केन्द्र)को भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) मा संगठीत भए । त्यही क्रममा २०५१ देखि २०५२ सम्म आफ्नै गाउँमा रहेको स्थानीय श्री जागृति नि.मा.वि.को इकाई समिति उपाध्यक्षमा निर्वाचित भएका ढकाल २०५३ देखि २०५४ जागृति मावि इकाई समिति अध्यक्ष भएका थिए । त्यतिखेर जनयुद्धले आधार इलाका निर्माणको दिशामा अघि बढि सकेको थियो । प्रहरी दमन र ज्यादतीले ढकाललाई अझ संगठीत हुने र विद्रोही हुने वातावरणको सिर्जना गर्दै थियो ।

स्थानीय जागृति माविमा एस.एल.सी. पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका थिए । शहर पसेर पनि उनी चुप भने बसेनन् । २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहींबेला देखि नै उनी अखिल (क्रान्तिकारी)को पूर्ण कालीन सदस्यको रुपमा विद्यार्थी आन्दोलनमा लागे । निरन्तर विद्यार्थी आन्दोलनमा लागेको उनी २०५७ सालमा अखिल क्रान्तिकारीका जिल्ला सदस्यमा निर्वाचित भए । २०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बनेको ढकाल २०६१मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोज कबनेका थिए ।
माओवादी जनयुद्ध शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकाल अखिल क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव भएर काम गरेका थिए । त्यसैगरि २०६५ देखि २०६९ सम्म केन्द्रिय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रिय समितिको महासचिवको भूमिका रहेको उनी २०७२ ददेखि २०७३ सम्म अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्षको भूमिकामा थिए ।
बेपत्ता, हिरासत र जेलमा झुकेनन् ढकाल
वुर्जुवा शिक्षाको अन्त्य र जनवादी शिक्षाको पक्षमा निरन्तर विद्यार्थी आन्दोलनमा रहेका ढकाल तत्कालीन प्रतिक्रियावादी राज्यसत्तालाई सह्यको विषय बनेको थिएन । माओवादी आन्दोलनकै एक अभिन्न अंगको रुपमा रहेको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अघि बढ्ने क्रममा उनी पटक पटक बेपत्ता, क्रूरतापूर्ण हिरासत र जेल समे बस्न बाध्य भएका थिए ।
उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गरेका थिए । अमानविय र क्रुरतापूर्वक उनलाई यातना दिई ११ दिन सम्म २ नम्बर गण महाराजगञ्जमा राखेका थिए । विद्यार्थीहरुको आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए ।
त्यसैगरि फेरि उनलाई २०५९ साल श्रावण ६ गते काठमाडौंको असनबाट गिरफ्तार ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमै राखेको थिए । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएका थिए । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रिय कारागार चलान गरेको थियो ।
२०५९ साल चैत्रमा फेरि उनी केन्द्रिय कारागारबाट रिहा भएका थिए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातना सहित बेपत्ता पारिएका थिए । त्यसपछि २०६२ मंरिमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरेका थिए । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको वलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते नख्खु जेलबाट उनी रिहा भएका थिए ।

ढकालः माओवादी सदस्य
विद्यार्थी आन्दोलनको एका होनहार योद्धको रुपमा आफूलाई स्थापित गराई सकेको ढकालल पार्टी सदस्यता भने २०५५ सालमा लिएका थिए । उनी २०५७ साल देखि २०५९ सम्म एरिया समिति सदस्य भएर पार्टीको काम गरेका थिए । त्यसै गरि २०५९ देखि २०६५ सम्म जिल्ला सदस्य÷ सचिवालय सदस्य भएर काम गरेका थिए । २०६५ देखि २०७१ सम्म राज्य समिति सदस्य बनेका थिए ।
माओवादी आन्दोलनमा फूट आएपछि ढकाल २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय समिति सदस्य बनेका थिए । माओवादी घटकहरुको एकता पछि उनी हाल नेकपा (माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका छन् ।
माओवादी आन्दोलनको एक योद्ध ढकाल जिल्लाको हरेक समस्यासँग परिचित छन् । हरेक बस्ती बस्तीको परिचय भएका ढकाललाई नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको साझा उम्मेदवार बनाएको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को १ नं. प्रदेश सभाको उम्मेदवार हुन् ढकाल । काभ्रेको विकट गाउँबाट काठमाडौसम्म राष्ट्रिय राजनीतिको राजमार्गको यात्रा थाल्ने काभ्रेलि युवा, कलिलो उमेर मै भीषण वर्गसंघर्षको भट्टीबाट खहरीएको योद्धा, सरल र बौद्धिक व्यक्तित्वको रुपमा काभ्रेमा मात्र होइन देशैभरि परिचित छन् उनी ।
आफ्नो क्षेत्रका साथमा समृद्धशाली मुलुक निर्माणमा युवाहरुको ऐतिहासिक भूमिका हुन्छ भन्ने तथ्य प्रमाणित गर्न सक्ने क्षमता बोकेका ढकाल राष्ट्रिय राजनीतिमा समेत नेतृत्व विकास गर्न सक्ने व्यक्तित्व हुन् ।

 

प्रकाशित मिति : २०७४, २० कार्तिक सोमबार  ७ : २२ बजे

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ

तराईमा हुस्सु लाग्ने, दुई प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा