२०८३, १९ आश्विन मंगलबार

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै


काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ।

आज बिहान ११ बजेका लागि बोलाइएको मधेश प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी जनमत पार्टी ले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो। संविधानअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

हाल मधेश प्रदेशसभामा १०२ जना सदस्य रहेका छन्। सरकार टिकाइराख्न कम्तीमा ५२ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि अहिले सरकारसँग ६३ जना सांसदको समर्थन रहेको बताइएको छ।

सरकारलाई नेपाली कांग्रेस का २२, जनता समाजवादी पार्टी नेपाल का २६ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १५ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ।

मधेश प्रदेशसभाका सभामुख राम अशिष यादव ले विश्वासको मतका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको जानकारी दिएका छन्।

यता समर्थन फिर्ता लिएपछि जनमत पार्टीभित्र भने आन्तरिक विवाद चर्किएको देखिएको छ। पार्टीका बहुमत अर्थात् ९ जना प्रदेशसभा सदस्यले सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरे पनि जनमतबाट सरकारमा सहभागी अर्थमन्त्री महेश प्रसाद यादव तथा समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहा भने अझै पदमै कायम रहेका छन्।

प्रकाशित मिति : २०८३, ३१ बैशाख शुक्रबार  ७ : ०६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि