२०८२, ८ माघ बिहीबार

समृद्ध राष्ट्र निर्माणका लागि बाम गठबन्धनः बमध्वज, राजनीति भनेको धन र बलको होईनः चन्द्र लामा

समृद्ध राष्ट्र निर्माणका लागि बाम गठबन्धनः बमध्वज, राजनीति भनेको धन र बलको होईनः चन्द्र लामा


पनौती । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का बाम गठबन्धनको निर्वाचन परिचालन कमिटीले शनिवार पनौतीको विभिन्न स्थानमा मतदाताहरुसँग घेटघाट, छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगाबहादुर तामाङ (बमध्वज) र प्रदेशसभा सदस्य उम्मेदवार चन्द्रबहादुर लामा लगायत बाम गठबन्धनका नेतृत्वहरु सहित नेता कार्यकर्ताको टोली चुनावी सभा कार्यक्रमको लागि मतदाताहरुको घरदैलोमा पुगिरहेका हुन् ।

मतदाताहरुको घरदैलो तथा भेटघाट कार्यक्रमको लागि शनिवार सुन्थान पुगेका प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ (बमध्वज) ले आपूmहरु समृद्ध नेपाल निर्माणका लागि सम्पूर्ण न्यायप्रेमी जनताहरुलाई बाम गठबन्धनमा मतदान गर्नुहुन आग्रह गरेका थिए ।

काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा २ का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामाले राजनीति भनेको धन र बलवानहरुको मात्रै नभएको बताएका थिए । काभ्रेको पनौतीस्थित सुन्थानमा भएको मतदाताहरुसँगको छलफल तथा अन्तक्र्रियामा बोल्दै लामाले राजनीतिको लामो ईतिहास बोकेको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा राजनीतिक संस्कारभन्दा पनि धन र बलको दवावले मतदाताहरुलाई प्रभाव पार्न खोजेको मतदातासँग भेटघाट कार्यक्रममा उनले बताए । यस्तो अवस्थमा अगाडि बढिरहेको राजनीतिक अवस्थालाई ध्यानमा राखेर समाज र आम जनताको समृद्धि र विकासको लागि राम्रो राजनीतिक संस्कारको आवश्यक भएको लामाको भनाई छ ।

उनले पार्टीको उमेदवार भन्दा पनि उमेदवारको दृष्टिकोण, ब्यवहार र यसको आचरणबाट कसले समाज र जनताको हितको निमित्त काम गर्नसक्छ, त्यस कुराको पहिचान गरी उसलाई रोज्न समेत अग्रह गरेका थिए । काभ्रेको पनौतीस्थित सुन्थानमा भएको बाम गठबन्धनको मतदाताहरुसँग भेटघाट, छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सुन्थान वडा न. ९ का मतदाताले वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई भव्यताकासाथ स्वागत गरेका थिए । कार्यक्रममा काभ्रे पनौतीका पुराना कलाकार रविन्द्र खड्का र राप्रपाका नेतृ अप्सरा वि.क. ले पुरानो पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेका छन् । उनीहरुले पुरानो सोच र चिन्तन भएको पार्टीका नेता र उनीहरुले देखाएको ब्यवहारले देशलाई अग्रगामी दिशातिर जान रोकेकाले आफूहरुको समर्थन बाम गठबन्धनलाई रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७४, ९ मंसिर शनिबार  ८ : ४२ बजे

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष