२०८३, २७ भाद्र आईतबार

समृद्ध राष्ट्र निर्माणका लागि बाम गठबन्धनः बमध्वज, राजनीति भनेको धन र बलको होईनः चन्द्र लामा

समृद्ध राष्ट्र निर्माणका लागि बाम गठबन्धनः बमध्वज, राजनीति भनेको धन र बलको होईनः चन्द्र लामा


पनौती । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का बाम गठबन्धनको निर्वाचन परिचालन कमिटीले शनिवार पनौतीको विभिन्न स्थानमा मतदाताहरुसँग घेटघाट, छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगाबहादुर तामाङ (बमध्वज) र प्रदेशसभा सदस्य उम्मेदवार चन्द्रबहादुर लामा लगायत बाम गठबन्धनका नेतृत्वहरु सहित नेता कार्यकर्ताको टोली चुनावी सभा कार्यक्रमको लागि मतदाताहरुको घरदैलोमा पुगिरहेका हुन् ।

मतदाताहरुको घरदैलो तथा भेटघाट कार्यक्रमको लागि शनिवार सुन्थान पुगेका प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ (बमध्वज) ले आपूmहरु समृद्ध नेपाल निर्माणका लागि सम्पूर्ण न्यायप्रेमी जनताहरुलाई बाम गठबन्धनमा मतदान गर्नुहुन आग्रह गरेका थिए ।

काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा २ का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामाले राजनीति भनेको धन र बलवानहरुको मात्रै नभएको बताएका थिए । काभ्रेको पनौतीस्थित सुन्थानमा भएको मतदाताहरुसँगको छलफल तथा अन्तक्र्रियामा बोल्दै लामाले राजनीतिको लामो ईतिहास बोकेको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा राजनीतिक संस्कारभन्दा पनि धन र बलको दवावले मतदाताहरुलाई प्रभाव पार्न खोजेको मतदातासँग भेटघाट कार्यक्रममा उनले बताए । यस्तो अवस्थमा अगाडि बढिरहेको राजनीतिक अवस्थालाई ध्यानमा राखेर समाज र आम जनताको समृद्धि र विकासको लागि राम्रो राजनीतिक संस्कारको आवश्यक भएको लामाको भनाई छ ।

उनले पार्टीको उमेदवार भन्दा पनि उमेदवारको दृष्टिकोण, ब्यवहार र यसको आचरणबाट कसले समाज र जनताको हितको निमित्त काम गर्नसक्छ, त्यस कुराको पहिचान गरी उसलाई रोज्न समेत अग्रह गरेका थिए । काभ्रेको पनौतीस्थित सुन्थानमा भएको बाम गठबन्धनको मतदाताहरुसँग भेटघाट, छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सुन्थान वडा न. ९ का मतदाताले वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई भव्यताकासाथ स्वागत गरेका थिए । कार्यक्रममा काभ्रे पनौतीका पुराना कलाकार रविन्द्र खड्का र राप्रपाका नेतृ अप्सरा वि.क. ले पुरानो पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेका छन् । उनीहरुले पुरानो सोच र चिन्तन भएको पार्टीका नेता र उनीहरुले देखाएको ब्यवहारले देशलाई अग्रगामी दिशातिर जान रोकेकाले आफूहरुको समर्थन बाम गठबन्धनलाई रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७४, ९ मंसिर शनिबार  ८ : ४२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।