२०८२, ३१ असार मंगलबार

बिप्लव माओवादीले भन्यो, मंसिर ८ मा नेपाल बन्द छैन्

बिप्लव माओवादीले भन्यो, मंसिर ८ मा नेपाल बन्द छैन्


काठमाण्डौ/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भोली मंसिर ८ गतेको बन्द हल्ला मात्रै भएको बताएको छ । माओवादीका पोलिटब्युरो सदस्य तथा जनवर्गीय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले आफ्नो फेसबुक स्टाटस मार्फत आफुहरुले बन्दको आयोजना नगरेको बताएका हुन् ।

मंसिर १० र २१ म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बहिष्कारमा रहेको माओवादीले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेको हल्ला थियो । नेता कार्कीले आफ्नो स्टाटसमा लेखेका छन् “मंसिर ८ गतेको नेपाल बन्द नेकपा माओवादी सम्बद्ध कुनै पनि भ्रातृ संघसंगठन र जनमुक्ति सेनाले आयोजना गरेका छैनन्, बन्दको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु ।”

उनले अहिले देशब्यापी रुपमा भइरहेको बम काण्ड पनि आफ्नो पार्टीको नीतिभित्र नरहेको बताउँदै त्यसमा मुछेर आफ्ना नेता कार्यकर्ता पक्राउ गर्नु षड्यन्त्रपूर्ण रहेको बताए ।

प्रकाशित मिति : २०७४, ७ मंसिर बिहीबार  २ : २५ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे