२०८३, २१ आश्विन बिहीबार

बिप्लव माओवादीले भन्यो, मंसिर ८ मा नेपाल बन्द छैन्

बिप्लव माओवादीले भन्यो, मंसिर ८ मा नेपाल बन्द छैन्


काठमाण्डौ/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भोली मंसिर ८ गतेको बन्द हल्ला मात्रै भएको बताएको छ । माओवादीका पोलिटब्युरो सदस्य तथा जनवर्गीय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले आफ्नो फेसबुक स्टाटस मार्फत आफुहरुले बन्दको आयोजना नगरेको बताएका हुन् ।

मंसिर १० र २१ म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बहिष्कारमा रहेको माओवादीले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेको हल्ला थियो । नेता कार्कीले आफ्नो स्टाटसमा लेखेका छन् “मंसिर ८ गतेको नेपाल बन्द नेकपा माओवादी सम्बद्ध कुनै पनि भ्रातृ संघसंगठन र जनमुक्ति सेनाले आयोजना गरेका छैनन्, बन्दको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु ।”

उनले अहिले देशब्यापी रुपमा भइरहेको बम काण्ड पनि आफ्नो पार्टीको नीतिभित्र नरहेको बताउँदै त्यसमा मुछेर आफ्ना नेता कार्यकर्ता पक्राउ गर्नु षड्यन्त्रपूर्ण रहेको बताए ।

प्रकाशित मिति : २०७४, ७ मंसिर बिहीबार  २ : २५ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले