२०८२, १६ पुस बुधबार

पत्रकार शिवभक्ति बने गफाडी कान्छो

पत्रकार शिवभक्ति बने गफाडी कान्छो


काठमाडौं / विगत ४ वर्ष देखि पत्रकारिता गर्दै आइरहेका पत्रकार श्यामहरि शिवभक्तिले हास्य टेलिफिल्ममा डेव्यु गरेका छन् । नेपालको पहिलो एच.डी च्यानल एपिवानमा प्रसारण हुने हास्य टेलिशृङ्खला ‘क्या जमाना आ’ बाट पत्रकार शिवभक्तिले अभिनयमा हात हालेका हुन् ।  विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गर्ने शिवभक्तिले उक्त शृङ्खलामा गफाडी कान्छोको भूमिका निर्वाह गरेका छन् । उनले आफ्नो चरित्रबारे खुलाउदै भने, ‘गफाडी कान्छो नेपाली समाजको युवा वर्गको प्रतिनिधित्व पात्र हो । जसले काम कम गफ ज्यादा दिन्छ । नेता देखि कलाकार सम्मको आवाज निकालेर व्यङ्ग्य हान्छ ।’

मंगलबार काठमाडौंको साँखु भन्दा ४ किलोमिटर टाढा रहेको पालुबारीमा शिवभक्तिलाई एक्सन कट गरिरहेका थिए ‘क्या जमाना आ’ का निर्देशक सिपी पुडासैनी । पुडासैनी यस शृङ्खलाको लेखक समेत हुन् । उनी दर्शकमाझ ‘धतुरे’ नामले परिचित छन् । ग्रामिण भेगमा सुट गरिएको यो टेलिफिल्ममा सिपी पुडासैनी, सम्झना आचार्य, केशव सापकोटा, गणेश बहादुर ए.सी, गोविन्द खतिवडा, श्यामहरि शिवभक्ति लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

मंसिर ६ गते बुधबार राति ९ बजे शृङ्खलाको पहिलो भाग एपिवानमा प्रसारण हुँदैछ । यस अघि यो टेलिफिल्म नेपाल टलिभिजनबाट प्रसारणमा आउने गर्दथ्यो । २२ वर्षिय पत्रकार शिवभक्ति फिल्मीकुरा डटकम र रेडियो मस्तीमा कार्यरत छन् ।

प्रकाशित मिति : २०७४, ६ मंसिर बुधबार  ५ : १० बजे

पूर्वमन्त्री गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले