२०८२, १८ चैत्र बिहीबार

मोहन बस्नेतलाई ठूलो झटकाः लिसंखुका इकाई सभापति नै एमाले प्रवेश (प्रवेश गर्नेको लिष्ट सहित)

मोहन बस्नेतलाई ठूलो झटकाः लिसंखुका इकाई सभापति नै एमाले प्रवेश (प्रवेश गर्नेको लिष्ट सहित)


धुलिखेल/सिन्धुपाल्चोक जिल्लाको साविक लिसंखु गाविसका नेपाली काँग्रेस इकाई सभापति पासाङ घ्याम्छो लामा एमालेमा प्रवेश गरेका छन् । मंगलबार लिसंखु पाखर गाउँपालिकाको वडा नम्बर २ ककलिङ बजारमा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य अमृत कुमार बोहोराको हातबाट टिका लगाएर उनी एमाले प्रवेश गरेका हुन् । उनी मोहन बहादुर बस्नेतका विश्वासिलो पात्र समेत हुन् ।

 

नेपाली काँग्रेस प्रजातान्त्रिक हुदाँ देखि नै इकाई सभापति रहदैँ आएका उनी बाम गठबन्धनका उम्मेदवारलाई सकाउने भन्दै प्रवेश गरेका हुन् । २८ वर्षसम्म इकाई सभापति बनिसकेका लामा एमालेमा प्रवेश सँगै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार मोहन बहादुर बस्नेतलाई भने निकै ठूलो झटका लागेको छ । त्यस्तै गत बैशाखमा सकिएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाटै दलित महिला सदस्य उम्मेदवार रहेकी सुभेक्षा सुन्दास एमाले प्रवेश गरेकी छिन् । उनीसँगै राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक परित्याग गरी कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

 

एमाले प्रवेश गरेकाहरुलाई एमाले स्थायी कमिटी सदस्य अमृत कुमार बोहोरा, प्रदेशसभा सदस्य १ का बाम गठबन्धनका साझा उम्मेदवार अरुण नेपाल, समानुपातिक उम्मेदवार माइली तामाङ, सूर्य लामा, लिसंखु पाखर गाउँपालिकाका प्रमूख कमल नेपाल, उपप्रमूख हेम गंगा मोक्तान, एमालेका पूर्व जिल्ला सदस्य पद्म बज्र लामा लगायतले स्वागत गरेका थिए । लामाले बाम गठबन्धनलाई जिताउन आफु लागि पर्ने भन्दै सबै काँग्रेस कार्यकर्तालाई बाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्न समेत आह्वान गरे ।

 

फोटोमा प्रवेश कार्यक्रम

नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेपछि नेपाली काँग्रेसका इकाई सभापति पासाङ घ्याम्छो लामा

गत बैशाखमा सकिएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाटै दलित महिला सदस्य उम्मेदवार रहेकी सुभेक्षा सुन्दास एमाले प्रवेश गर्दै ।

 

 

प्रकाशित मिति : २०७४, ५ मंसिर मंगलबार  ४ : २३ बजे

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’