२०८२, १ चैत्र सोमबार

जनागालमा बोलेरो जीप पल्टियो, स्थानीय बाबु विष्टको मृत्यु

जनागालमा बोलेरो जीप पल्टियो, स्थानीय बाबु विष्टको मृत्यु


बनेपा । काठमाडौंबाट बनेपातर्फ सामान लिएर आएको बा.१८ च ३११९ नम्बरको महेन्द्र बोलेरो जीप काभ्रेको जनागालमा अनियन्त्रित भई पल्टिंदा जनागालका स्थानीय बाबु विष्टको मृत्यु भएको छ । विष्ट स्थानीय  हुन् । प्रत्यक्षदर्शीकाअनुसार दुर्घटना हुनुअघि स्थानीय विष्ट सडक किनारामा हिंडिरहेका थिए । त्यही अवस्थामा काठमाडौंबाट आइरहेको बोलेरो जीप अनियन्त्रित भई पल्टिंएर विष्टलाई किचेको प्रहरीले जनाएको छ ।

ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टका अाफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रदर्शनकारी स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनकारी स्थानीयले विभिन्न भागहरु राखी सडक अवरुद्ध बनाएका छन् । सडकमा फुटपाथको व्यवस्था गर्नुपर्ने र सडकमा ट्राफिक विटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

प्रकाशित मिति : २०७४, ४ मंसिर सोमबार  २ : ४७ बजे

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी