२०८२, १८ श्रावण आईतबार

जनागालमा बोलेरो जीप पल्टियो, स्थानीय बाबु विष्टको मृत्यु

जनागालमा बोलेरो जीप पल्टियो, स्थानीय बाबु विष्टको मृत्यु


बनेपा । काठमाडौंबाट बनेपातर्फ सामान लिएर आएको बा.१८ च ३११९ नम्बरको महेन्द्र बोलेरो जीप काभ्रेको जनागालमा अनियन्त्रित भई पल्टिंदा जनागालका स्थानीय बाबु विष्टको मृत्यु भएको छ । विष्ट स्थानीय  हुन् । प्रत्यक्षदर्शीकाअनुसार दुर्घटना हुनुअघि स्थानीय विष्ट सडक किनारामा हिंडिरहेका थिए । त्यही अवस्थामा काठमाडौंबाट आइरहेको बोलेरो जीप अनियन्त्रित भई पल्टिंएर विष्टलाई किचेको प्रहरीले जनाएको छ ।

ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टका अाफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रदर्शनकारी स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनकारी स्थानीयले विभिन्न भागहरु राखी सडक अवरुद्ध बनाएका छन् । सडकमा फुटपाथको व्यवस्था गर्नुपर्ने र सडकमा ट्राफिक विटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

प्रकाशित मिति : २०७४, ४ मंसिर सोमबार  २ : ४७ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन