२०८३, ३० असार बुधबार

समानुपातिक उमेद्वारको अन्तिम बन्दसूची सार्वजनिक ३ जनाले उमेद्वारी फिर्ता लिए, २ सय ५३ जना अयोग्य

समानुपातिक उमेद्वारको अन्तिम बन्दसूची सार्वजनिक ३ जनाले उमेद्वारी फिर्ता लिए, २ सय ५३ जना अयोग्य


काठमाडौं । निर्वाचन आयोगले संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले बुझाएको उमेद्वारहरको नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यका लागि २ हजार २ सय ७३ उम्मेदवार कायम भएका छन् भने सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम गरेको छ ।

जस अनुसार प्रदेश नं. १ मा ५ सय ७७, प्रदेश नं. २ मा ८ सय ०४, प्रदेश नं. ३ मा ७ सय ७४, प्रदेश नंं. ४ मा ३ सय १९, प्रदेश नं. ५ मा ६ सय ०४, प्रदेश नं. ६ मा २ सय ०६ र प्रदेश नं. ७ मा २ सय ८१ उम्मेदवार कायम भएका छन् ।

राजनीतिक दलहरुले यसअघि गत असोज २९ मा आ–आफ्ना उम्मेदवारहरुको बन्दसूची पेश गरेका थिए । बन्द सूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि जम्मा ४९ राजनीतिक दलले उमेद्वारको बन्द सूची बुझाएका थिए भने प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलले उमेद्वारको बन्द सूची बुझाएका थिए । दुवै सभामा गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको निर्वाचन आयोगको प्रारम्भिक विवरण रहेको थियो ।

आयोगले अन्तिम रुपमा सार्वजनिक गरेको बन्दसूचीमा प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुमध्ये २ सय ५६ जना उम्मेदवारको नाम हटाइएको छ । निर्वाचन आयोगले प्रारम्भिक सूचीमा रहेकाहरुमाथि परेको उजुरीका आधारमा २ सय ५३ जनालाई उम्मेदवार बन्न अयोग्य ठहर गरेको छ भने तीन जना उमेद्वारले आफैं उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलहरुले पेश गरेका उम्मेदवारहरुको बन्दसूचीको अन्तिमरुप सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २०७४, ४ मंसिर सोमबार  १२ : ३१ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै