२०८२, २४ कार्तिक आईतबार

समानुपातिक उमेद्वारको अन्तिम बन्दसूची सार्वजनिक ३ जनाले उमेद्वारी फिर्ता लिए, २ सय ५३ जना अयोग्य

समानुपातिक उमेद्वारको अन्तिम बन्दसूची सार्वजनिक ३ जनाले उमेद्वारी फिर्ता लिए, २ सय ५३ जना अयोग्य


काठमाडौं । निर्वाचन आयोगले संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले बुझाएको उमेद्वारहरको नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यका लागि २ हजार २ सय ७३ उम्मेदवार कायम भएका छन् भने सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम गरेको छ ।

जस अनुसार प्रदेश नं. १ मा ५ सय ७७, प्रदेश नं. २ मा ८ सय ०४, प्रदेश नं. ३ मा ७ सय ७४, प्रदेश नंं. ४ मा ३ सय १९, प्रदेश नं. ५ मा ६ सय ०४, प्रदेश नं. ६ मा २ सय ०६ र प्रदेश नं. ७ मा २ सय ८१ उम्मेदवार कायम भएका छन् ।

राजनीतिक दलहरुले यसअघि गत असोज २९ मा आ–आफ्ना उम्मेदवारहरुको बन्दसूची पेश गरेका थिए । बन्द सूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि जम्मा ४९ राजनीतिक दलले उमेद्वारको बन्द सूची बुझाएका थिए भने प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलले उमेद्वारको बन्द सूची बुझाएका थिए । दुवै सभामा गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको निर्वाचन आयोगको प्रारम्भिक विवरण रहेको थियो ।

आयोगले अन्तिम रुपमा सार्वजनिक गरेको बन्दसूचीमा प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुमध्ये २ सय ५६ जना उम्मेदवारको नाम हटाइएको छ । निर्वाचन आयोगले प्रारम्भिक सूचीमा रहेकाहरुमाथि परेको उजुरीका आधारमा २ सय ५३ जनालाई उम्मेदवार बन्न अयोग्य ठहर गरेको छ भने तीन जना उमेद्वारले आफैं उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलहरुले पेश गरेका उम्मेदवारहरुको बन्दसूचीको अन्तिमरुप सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २०७४, ४ मंसिर सोमबार  १२ : ३१ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा