२०८२, १९ फाल्गुन बुधबार

यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या

यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या


सिरहा । सिरहाको कर्जन्हा-२ की एक युवतीले आफ्नो यौन सम्बन्ध लुकाउन आफ्नै भाइ (ठूलोबुबाको छोरा)को हत्या गरेको खुलेको छ ।

कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेशको कात्तिक पहिलो साता हत्या भएको थियो । ३ गते हराएका उनको शव घर ननिकै वनमारा घारीमा कुहिएको अवस्थामा दुई दिनपछि भेटिएको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा प्रहरीले भवेशका काकाकी छोरी प्रियंका यादव र सञ्जय साहलाई पक्राउ परेको छ । प्रियंका १६ वर्ष र सञ्जय १४ वर्षका मात्र भए । तर, उनीहरुले आफ्नो यौन सम्बन्ध लुकाउन भवेशको हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार भैंसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई भवेशले आपत्तिजनक अवस्थामा देखेका थिए । भवेशले यसबारे घरमा जानकारी दिने भनेपछि दुबैले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार भवेश र सञ्जय मिल्ने साथी हुन् र एउटै विद्यालयमा कक्षा ४ मा पढ्थे । हत्याको योजना बनाएपछि उनीहरुले ‘पटका र एउटा मोबाइल भेटेका छौं’ भन्दै प्रियंका र सञ्जयले भवेशलाई घर नजिकैको जंगलमा लगे ।

सञ्जयले प्रहरीलाई बयान दिएको बयान अनुसार उनीहरुले पटका खाल्डो खनेर लुकाएका छौं भन्दै खन्न लगाए र त्यही बेला गर्धनमा खुकुरी प्रहार गरी हत्या गरे ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ७ : ५० बजे

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको